logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • शुक्रबार, मंसिर १२ २०७७

मुक्तक १
आँफु भित्रको म को हुँ सोंच्नु परेको छ
गलत छु कि नियालेर खोज्नु परेको छ
एकदुई जना हितैषी दुश्मन भएका छन
मेरा कमजोरी केके छन् । सोध्नु परेको छ



मुक्तक २
जेसुकै भनेनी छु मनको धनी सान झार्ने छैन
तिमी जसरी,ठुलो ठालो बनी, सान झार्ने छैन
पैसाको पछाडि नभागे दुनियाँ चल्दैन पक्कै
कुनै दिन करोडौं कमाए पनि सान झार्ने छैन

मुक्तक ३
के गरुँ कसो गरुँ अलमल छ तिमीलाई के भनु
र बचेको उमेर कसरी चल्छरु तिमीलाई के भनु
सफल हुनलाई के गर्नुपर्छ रु प्रश्न नसोध मलाई
आफ्नै जिन्दगी असफल छ तिमीलाई के भनुँ

मुक्तक ४
नभए होसियार बच्न सकिन्न विश्वास घाती बाट
बारम्बार धोका पाएको छु मैले आफ्नै साथी बाट
पशुहरु पो छलछाम गर्दैनन् लड्छन हाकाहाकी
मान्छे हुन् खुट्टा तान्ने र आक्रमण गर्ने पछाडी बाट

एम क्षेत्री अभिलाषी
बाग्लुङ बरेङ १
उर्लेनी
हाल ओमन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend