logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • शुक्रबार, मंसिर १२ २०७७

मुक्तक १
कमजोरी देखेर हो नत्र नजिक पनि पर्न सक्दैन।
नडराउनु उ धम्की दिन्छ चाहेर पनि मर्न सक्दैन।
जुन मान्छे जिन्दगीमा आफुलाई मात्र प्रेम गर्छ,
त्यसले आफुलाई नोक्सान हुने काम गर्न सक्दैन।



मुक्तक २
जिब्रो जता नि चिप्लिन्छ सह्मालेर बोल्नुपर्छ।
सकेसम्म अरुलाई सन्तुष्ट पार्ने बाटो रोज्नुपर्छ।
आफुले गर्ने कामहरु त सबैलाई राम्रै लाग्ने हुन्,
ती कामले अरुलाई कस्तो प्रभाव पार्छ सोच्नुपर्छ।

मुक्तक३
भाग्यले होकि मान्छेले हो घात गरेको पनि बुझ्न सक्दैन।
जस्तो आफ्नाले चोट दिदा पनि भरोसा टुट्न सक्दैन।
कुनै उचाइबाट गिरेको मान्छे कदाचित् बाँच्न सक्ला,
तर कसैको नजरबाट गिरेको मान्छे कहिले उठ्न सक्दैन।

मुक्तक ४
आँखा छोप्न सकिएला तर हत्केलाले सुर्य छेक्न सक्दैन।
जस्तो एक थोपा चुहिएको पानीले समुद्र भेट्न सक्दैन।
आँखा हुदाँहुँदै पनि जानीजानी अन्धो बनेको मान्छेले,
उचित अनुचित के भइरहेको छ चाहेर पनि देख्न सक्दैन।

महेश दत्त पाण्डेय
द न पा ०९ बैतडी
हाल, जुम्ला

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend