जन आकाश
मुक्तक १
तिम्रो सिउँदो पराईले भर्छ कि,भन्ने डर छ
र तिमिलाई गुमाउनु पर्छ कि,भन्ने डर छ
तिमी साथमा हुदाँ जीवन राम्रो चलेको छ
टाढा भए कतै जीवन बिगर्छ कि,भन्ने डर छ
मुक्तक २
माया गर्नुको कुनै कारण हैन, म कसरि भनुँ
र केहि प्रश्नको जवाफ हुँदैन, म कसरि भनुँ
कति माया गर्छौ र किन भनि सोधि रहन्छौ
अरे यार म संग जवाफै छैन, म कसरि भनुँ
मुक्तक ३
अन्तै बसाई सक्यौ घरजम,अझ के चाहान्छौ
याद पठाई रहन्छौ धमाधम,अझ के चाहान्छौ
मेरो जिन्दगी बर्बाद पारेर पुगेन र तिमिलाईरु
अलि त मान लाज सरम,अझ के चाहान्छौ
मुक्तक ४
कुरै नबुझि झकाझक हुन्छ अचम्म लाग्छ
भन्नु हुन्छ झगडा गर्ने हक हुन्छ अचम्म लाग्छ
अरे यार दुनियाँ प्यारले चल्छ प्यार गर्नुस
बुझ्दैनौ झगडा हानिकारक हुन्छ अचम्म लाग्छ
गितेश बिवश
शैल्यशिखर ६
ग्वानि दार्चुला
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend