जन आकाश
मुक्तक १
तिमी त उसै रमाएर गयौ
पराइको हात समाएर गयौ
जिन्दगी थमाउँछ्यौ सम्झेको थिए
हातमा निम्ता थमाएर गयौ
मुक्तक २
भेट्नुहुन्छ , छुट्नुहुन्छ अरे वाह तपाई
जुट्नुहुन्छ , फुट्नुहुन्छ अरे वाह तपाई
महोदय यो कस्तो प्रेम कहानी हजुरको
देखाएरै आँसु लुट्नुहुन्छ अरे वाह तपाई
मुक्तक ३
यसो गर्यो उसो गर्यो आखिर उइ जुधेर
कस्लाइ भयो खै फाईदा हामी दुई जुधेर
भाइ भाइ फुटे गवार लुटे चरितार्थ भयो
झन मिल्नुपर्ने बेलामा ताइ न तुइ जुधेर
मुक्तक ४
एउटै कुरा किन बारबार देख्छु अचम्म लाग्छ
आफ्नै जितमा पनि हार देख्छु अचम्म लाग्छ
मानें, कुकुरमा त मान्छे भन्दा कम चेतना हुन्छ
हेर्छु मेरो देशको सरकार देख्छु अचम्म लाग्छ
चालिसे सञ्जय
गैंडाकोट
नवलपरासी ब.स.पु.
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend