जन आकाश
काठमार्डौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्छ भन्नुभएको छ । महासंघको जारी साधारणसभाका क्रममा आजको बन्द सत्रमा उहाँले भन्नुभयो, “कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसंग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।” उहाँको यो मन्तव्यको आसय उहाँका अर्का प्रत्यासीसँग आफ्नै एजेण्डा र भिजन नरहेको र उहाँले चुनवको अन्तिम दिनसम्म पनि आफ्नो नभएर अर्कैको एजेण्डामा रहेको भन्ने थियो ।
सो मन्तव्यमा ढकालले भन्नुभयो, “म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्पmत् महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वावतावरण बनाउन सक्छु, म सँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।”
उहाँले महासंघमा हुने विजय या पराजय सफलता र असफलता होईनन् भन्नुभयो । सो क्रममा चन्द्रप्रसाद ढकालले भन्नुभयो “महाधिवेशन पछि पनि हामि टाढा हुने छैनौ हाम्रो ब्यापार र हाम्रो उद्यमले हामिलाई जोड्ने नै छ ।”
ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व गर्नका लागि निजि क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायि नै आउनु पर्ने बताउनुभएको छ । राजधानिमा मंसिर ११ गतेबाट सुरुभएको महासंघको ५४ औं साधारणसभामा बोल्दै ढकालले आम उद्योगि व्यवसायिको वास्तविक एजेण्डालाई प्राथमिकता नदिएर अरु कसैको आढ भरोसामा उमेद्वारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने जिकिर गर्नुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend