logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सशस्त्र प्रहरीका ८ डीआईजीको सरुवा भएको छ


  • जन आकाश
  • शुक्रबार, मंसिर १२ २०७७

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ । डीआईजीसँगै एकजना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको छ ।



बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रिस्तरीय निर्णय गर्दै ८ डीआईजी र १ जना एसएसपीको सरुवा गरेको हो । डीआईजी राजु अर्यालको उपत्यका हेर्ने पशुपति बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ । अर्याल सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता थिए ।

त्यस्तै पशुपति बाहिनीको बाहिनीपतिमा रहेका डीआईजी प्रविणकुमार श्रेष्ठको बैद्यनाथ बाहिनी मुुख्यालय कैलाली सरुवा गरिएको छ । बैद्यनाथ बाहिनी मुुख्यालयका निमित्त बाहिनीपति रहेका एसएसपी अभिकुमार खत्रीको महेश्वरी बाहिनी मुुख्यालय, सुुर्खेत काज सरुवा भएको छ ।

त्यस्तै सशस्त्र मुख्यालयमा रहेका डीआईजी चन्द्रप्रकाश गौतमको सशस्त्र प्रहरी बल, नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा काज सरुवा भएको छ । त्यहाँ रहेका डीआईजी कृष्णभक्त बज्रचार्य गौतमको ठाउँमा सरुवा भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend