जन आकाश
गोरखा । नेपालमा भारतीय स्थल सेना ध्यक्ष भ्रमण गरेर फर्केको केही समयपछि पुनः बिदेश सचिव नेपालको भ्रमणमा रहेका छन् । स्थल सेनाले सोलुखुम्बुकोको यात्रा गरेर फर्केको महिना दिन बित्न नपाउदै अर्का बिदेश सचीव हर्षवर्द्धन श्रींगलाले गोरखाको पृथ्विनारायण शाहको जन्म भएको जिल्ला गोरखाको भ्रमण गरेका छन् । भारतीयहरुको पछिल्लो समय नेपालको ऐतिहाँसिक क्षेत्रहरुको मोह यसले झल्काउछ ।
हुनत विदेश सचिव हर्षवर्द्धन श्रींगलाले गोरखा पुगेर तीन वटा विद्यालय भवन उद्घाटन गरेका छन्। भारतीय सहयोगमा बनेका बिद्यालयको उदघाटन गर्नु त स्वभाविक मान्न सकिन्छ नेपाल र भारतको कालापानीको विवादलााई लिएर भुमिको छिनोफाने नभएको समयमा भएका यस्ता कार्यक्रमले नेपालीहरुलाई संसय पैदा गरेको छ ।
गोरखा नगरपालिका वडा नम्बर ८ लक्ष्मीबजारमा महालक्ष्मी मावि, वडा नम्बर ८ डुम्रीडाँडामा रत्नलक्ष्मी मावि र वडा नम्बर १० छेवेटारमा तारा माविको भवन भारतीय सहयोगमा हालै पुनर्निर्माण सकिएको थियो।
शुक्रबार महालक्ष्मी माविमा आयोजित कार्यक्रममा विदेश सचिव श्रींगलाले संयुक्त रूपमा तीन विद्यालय भवन उद्घाटन गरेका हुन्।
उनले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा आउन पाउँदा खुसी लागेको बताईरहदा नेपालमा पृथ्विनारायण शाहको सालिक ढाल्नेहरुले पृथ्विनारायणको महत्व नबुझेको पक्कै हो ।
‘पृथ्वीनारायण शाहको ठाउँ र विश्वभर वीरताको रूपमा चिनिएको गोरखा आउन पाउँदा मलाई निकै खुसी लागेको छ,’ उनले भने, ‘गोर्खाली बहादुरी छन् भनेर संसारभर चिनिएका छन्। यो भूमिमा आउन पाउँदा खुसी लागेको छ।’ उनले भनेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend