जन आकाश
काठमार्डौ । नेपाल उधोग बाणिज्य महासंघको ५४ औ साधारणसभा र निर्वाचन भोलि हुदैछ । यो समाचार तयार पार्दासम्म बरिष्ठ उपाध्यक्षमा चन्द प्रसाद ढकालको पक्षमा माहोल देखिन्छ । जिल्ला जिल्लावाट आएका उधोगी, ब्यापवसायीहरु चनद्र ढकालको सम्र्र्पक कार्यलयमा धेरै छन् । जताततै सञ्चारमाध्दम पनि चन्द्र ढकालको पक्षमा देखिन्छन् । यो हुनुको कारण चन्द्र ढकाल प्यानलको समावेशी भएर पनि हो भन्ने आधार छन् । उपाध्यक्षमा नेपालका चर्चित पुष्पलालका छोरा उमेशलाल श्रेष्ठ, त्रिवेणी गु्रपका रामचन्द्र संघई,मोफसल क्षेत्रका गुणनीधि तिवारी लगायतको साथ र अन्य कार्यसमितिहरुमा पनि जातिय सन्तुलन, लिङगीय समावेशी साथै योग्य, दक्ष ब्याक्तिहरुकको उम्मेद्धारीले ढकालको पक्षमा माहोल बनेको देखिन्छ ।
सेखर गोल्छाले अन्तिममा आएर ढकाललाई साथ दिएका छन् । आज हिमाल होटलवाट किशोर प्रधानसँग कुरा नमिलेपछि चन्द्र ढकाललाई भेटन म्यारिट होटलमा आएका सेखरले ढकालसँगि आधा घण्टा कुरा गरेका थिए । सेखरले वरिष्ठमा चन्द्र ढकाललाई सघाउने र आफ्नो अध्यक्ष कार्यकालमा ढकालले सघाउनुपर्ने प्रस्ताव राखेका थिए । ढकालले पनि नेपाल उधोग बणिज्य संघमा उधोगी र ब्यवसायीहरुको हित जे मा हुन्छ त्यो काम मिलेर गर्न म तयार छु भनि प्रतिक्रिया दिएका थिए । लगभग वरिष्ठ उपाध्यक्षमा भोलि बिहानसम्म किशोर प्रधानले उम्मेद्धारी फिर्ता लिन वेर लगाउने छैनान् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend