logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बिनोद श्रेष्ठको गजल


  • जन आकाश
  • शनिबार, मंसिर १३ २०७७

आजभोली धैर्यताको अभाव भएको छ
मनभित्र किन यस्तो तनाब भएको छ



मुटु भन्छ केही लेख दिमाग भन्छ हुन्न
कस्को सुनुँ यी दुबैको दबाब भएको छ

छट्पटीले छाती पोल्छ पोखाउँ पीडा कहाँ
दुनियाँको नियत नै खराब भएको छ

जुनतारा एकैचोटी खसाउँ लाग्थ्यो हिजो
आज दुख्छ, तेरो कहाँ हिसाब भएको छ ?

कसैले नि पढेनन् यो ‘विनाेदी’ जिन्दगानी
चट्पटेमा च्यात्दै दिने किताब भएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend