logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक दिउसो १ बजे बस्ने भएको छ


  • जन आकाश
  • शनिबार, मंसिर १३ २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपराह्न १ बजे बस्ने भएको छ ।



सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित प्रस्ताव पेश गर्दैछन् ।

गत कात्तिक २८ गतेको सचिवालय बैठकमै अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रस्तावको प्रतिवाद गर्दै ओलीले प्रस्ताव ल्याउने तयारीका लागि १० दिनको माग गरेका थिए ।

प्रस्ताव लेखनका लागि ओलीले गत मंसिर ३ गतेको बैठकमा १० दिनको समय मागेका थिए । सोही अनुसार अर्को बैठक आज १३ गते शनिबारका लागि तोकिएको थियो ।

ओलीले कहिल्यै समाजवादको कुरा नगरेको दाहालको आरोप छ । उनी दलाल र नोकर शाही पुँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पुँजीवादलाई नै पच्छ्याइरहेको दाहालको आरोप छ ।

त्यस्तै, ओलीले पार्टी एकताको वैचारिक–राजनैतिक आधार र भावनालाई आत्मसात नगरेको त्यसका विरुद्ध आफ्ना क्रियाकलापहरु बढाइरहेको आरोप पनि छ ।

दाहलले आरोप पुष्टि गर्न नसके पद छाड्नुपर्ने आशयको अभिव्यक्ति ओलीले मंसिर ३ को बैठकमै राखिसकेका छन् ।

नेकपा नेकपाको संचिवालय बैठक बस्न नै नसक्ने बसेपनि निस्कर्ष ननिस्कने प्रक्रिया झण्डै २ बर्ष देखि चल्दै आएको छ । यो समस्या अरु केही नभएर दुवै किड्ने फेरेका केपी शर्मा ओली चाडै बिदा हुन्छन् र चाडै नेकपा नेकपाको प्रधानमन्त्री हुने सपना देखेका अका अध्यक्ष प्रचण्डको सपना पुरा नहुने र महाधिवेशनमा पनि सुरक्षित नहुने देखेपछि शुरु भएको विवाद नेकपामा भुसको आगो जतिकै बल्दै गएको थियो पछिल्लो समय ज्वाला दन्किदै गएको छ । कहिले चिनिया राजदुतले मिलाईदिनु पर्ने कोही भारततिर गुहार माग्न जाने जस्ता राजनीतिक आडम्वरमा बिदेशीलाई गुहारर्ने काम अहिलेको शक्तिसाली भनिएको पार्टी नेकपा नेकपाले नेपालको जग नै हसाएको छ ।

त्यसैले पनि होला अहिले राजा आउ देश बजाउको नारा सडकमा घन्किन थालेको छ । नेपाली जनता जव राष्ट्रियता खतरामा परेको देख्छन् त्यतिवेला सडकमा उत्रन्छन् । यतिवेला नेपालको राष्ट्रियता खतरामा परेको महसुस गदैछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend