logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चिनियाँ रक्षामन्त्री वेइ फेंगहे नेपाल आइपुगे


  • जन आकाश
  • आइतबार, मंसिर १४ २०७७

 



 

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेंगहे नेपाल आइपुगेका छन् । २० सदस्यीय प्रतिनिधिमण्डलसहित उनी बिहान १० स् ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

 

केही घण्टाका लागि काठमाडौं आएका उनले भ्रमणका क्रममा राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

उनी विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जानेछन् । दूतावासमा दिवा भोजपछि उनी औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नेछन्। त्यहाँ उनले रक्षा क्षेत्रमा सहयोग घोषणा गर्नसक्ने बताइएको छ। चीनले सन् २०१८ र २०१९ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको सैन्य सहयोग गरिसकेको छ।

 

उनले दिउँसो २ बजे प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । जंगीअड्डामा नेपाली सेनाको टोलीले फेंगहेलाई सम्मानगारथ अर्पण गर्ने छ । चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने छ ।

 

त्यस लगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।

 

चिनियाँ रक्षामन्त्री फेंगहे आजै साँझ स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend