जन आकाश
मोहन कार्की
काठमाडौ । नेपालको राजनीतिमा यतिवेला काला बादलहरु मडारिरहेका छन् । नेपाल कम्युनिष्ट नेकपा नाम दिएको पार्टीभित्र भईरहेको तान्डव नृत्य त्यो नृत्य गर्ने पात्रहरुको विवाद नेपाल देशमा मात्र नभएर बिदेशमा समेत चासोको बिषय बनिरहेको छ ।
यो विवादको बिषयले नेपाली जनतालाई त निरास बनाएको छ नै । त्यो भन्दा डरलाग्दो बिषय बिदेशी चलखेललाई पनि निम्त्याएको छ । नेपालको राष्ट्रियता कमजोर बन्दै गएको छ ।
प्रत्यक्ष रुपमा छिमेकी राष्ट्रहरुको भ्रमण, भेटघाट र चासो त देखिएकै छ । त्यो भन्दा परको शक्तिसाली राष्ट्रहरुको कुटनीतिक भेटघाट पनि नेपालको लगि चिन्ताको बिषय बनिरहेको छ । प्रधानमन्त्री बन्नका लागि जे पनि गर्न लाललयितहरु बिदेशी योजनामा नेपालमा अनेक खालका भडकाउ काम गरिरहेका छन् । त्यो अरु कोही नभएर सरकारमा रहेको पार्टी जसलाई नेपालमा नेपाल कम्युनिष्ट पार्टी नेकपा नाम दिईएको छ । त्यो पार्टी भित्रका हिजो के के न क्रान्त्रि गर्छु भनेर हजारौ हजार नेपाली सोजासाजा जनताहरुलाई ढाटेर उपद्रो मच्चाएकाहरुको यस कार्यमा बढी भुमिका देखिन्छ । यो नेपालको लागि राम्रो संकेत होइन ।
हिजो सुरुङ युद्धको ध्वास दिने पार्टीले आज त्यो त जसको बिरुद्ध सुरुङयुद्धको घोषणा ग¥थ्यो उसैको सेवा गर्ने गरेको जस्तो भान हुनेगरी पछिल्ला गतिविधिहरु सतहमा देखिन थालेका छन् । नेपाल र भारतको सीमाको बिषयमा उठेका विवादलाई सवै नेपाली जनताले एक ढिक्का भएर प्रतिरोध गर्ने उदघोष गरिरहेको बेलामा पार्टीभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने बिषय साथै अन्य विवादको बिउ रोपेर नेपालीको एकतालाई भत्काउने खेल शुरु भएको छ । त्यो बिगतमा जव जव नेपालमा स्थाई शान्ति अमन चयन हुन्छ । त्यसपछि बिकासको शुरु हुन थाल्छ केही न केही बहानामा नेपालमा अस्थिरताको बिउ रोपेर नेपाललाई सधै दास बनाउने चाल चाल्दै आएको पुरानो तरिकास्वरुपनै फेरी नेपालमा छिमेकी राष्ट्र र अन्य शक्तिराष्ट्रहरुले त्यो कार्ड फेरी अस्त्रको रुपमा प्रयोग गरिएको देखिन्छ ।
त्यो कार्डले नेपाली जनतालाई त्रसाएको छ । तर नेपाली जनता त्रसिने छैनान् । नेपाली जनता राष्ट्रियताको सवालमा त्यस्ता कार्डको सिकार हुदैनन् भन्ने कुरा देख्खिसकेको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेख नेपालको भुमि भारतीय नक्सामा समेटेर प्रकाशन गरेपछि नेपाल र भारतबीच भएको विवादमा नेपाली जनता जसरी आफ्नो देश नेपालप्रति देखाएको देशभक्ति भावना एकता दृढताले कालापानी र नालापानीको इतिहाँस बिउझाउने गरी नेपाली राष्ट्रियता उठेको छ । त्यसैले पनि हो त्यहि समयमा सरकार ढाल्न खेलेको खेल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र उठाएको विवादले बिगतको जस्तो नेपालमा असर देखिएन किनकी नेपाली जनता देशको पक्षमा भएको निर्णयमा दृढ देखिन्छन् । कुनैवेला तेल रोकेर समेत सरकारलाई अप्ठे्यारो पार्ने छिमेकीको घमण्ड यहि केपी शर्मा ओलि नेतृत्वको सरकारले पहिलो पटक प्रधानमन्त्री बनेको बेलामा भारतले अघोषित नाकाबन्दी लगाएको वेला नेपालको तर्फवाट प्रधानमन्त्री चीन भ्रमणमा गई चीनसँग पनि ३० प्रतिशत तेल किन्ने सहमति गरेका थिए । अर्को नेपालले समुन्द्रमार्फत ब्यापार सम्झौता नेपाल– चीन पारबहन सम्झौता भएको थियो ।त्यसकारण पनि नेपालको स्वतन्त्र ब्यापार गर्ने अर्को ढोका खुलेको छ । आत्तियर भारतको हेपाहा सहनुपर्ने छैन ।
त्यो पुरानो तरिकावाट दक्षिणतिरको छिमेकीले नेपालको राजनीतिलाई सधै अस्थिरतामा धकेल्ने चलनलाई नेपाली जनताले बुझ्न थालेका छन् । नेताहरु स्वार्थमा बिकेर नेपाली जनतालाई गुमराहमा राख्ने पुरानो तरिका अव फेल भईसकेको छ । नेपली जनता देशको पक्षमा जहिले एक हुन्छन् । कुनैवेला स्वार्थ पाल्ने नेताहरुले गरेको गलत निर्णयलाई जनताले बिश्वास गर्दा देशले भोग्नु परेको क्षतिवाट जनताले पाठ सिकिसकेका छन् ।
अवको युग देशभक्तहरुको युग हो । यो आत्मनिर्भरमुखि देश बनाउने योजना बनाउने युवापुस्ताको युग शुरु हुदैछ । बिदेशी शक्तिले प्रयोजित गरेर नेता बनाउने र नेपाललाई अस्थिरतामा धकेलेर तर मार्ने चलन नेपाली जनता तोड्न चाहान्छन् । आफ्नै देशमा ठुला ठुला उधोग, कलकारखाना, खोलेर नेपालीहरुलाई रोजगार सृर्जना गर्ने योजनाकारहरु नेपालमा छन् । नेपालीहरुसँग भएको सीप, कला, स्रोतको अधिकतम् प्रयोग आजको आवाश्यक्तालाई बुझेर काम गर्नुपर्छ भन्ने नेपालीहरुको आग्रह देखिन थालेको छ ।
बिदेशी सामान बेच्न नेपालका उधोगमा मजदुरको नामवाट गर्ने राजनीति सधाको लागि अन्त्य गर्न पनि बिदेशी आशिवादमा नेता बनेकाहरुलाई चिनेर बेलैमा परास्त गर्नुपर्ने आजको आवश्यकता बनेको छ ।
नेपालमा राजनीति गरिरहेका नेताहरु को कुन कसको पक्षमा काम गर्दो रहेछ भन्ने यो पछिल्लो १० महिनाले पुष्टि गदै लगेको छ । त्यसकारण नेपालमा कृतिम देखाइएका विवादहरुले निम्त्याएको कालो बादललाई नेपाली जनताले आवश्यक परेको खण्डमा उकैपटक जुरुक्क उठेर बिदेशी निर्देशनमा काम गर्ने पात्रहरुलाई सवक सिकाउनुपर्ने वेला पनि आएको छ । त्यसकारण सम्पुर्ण देशभक्तहरु सजग तयारी अवस्थामा रहनुपर्ने देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend