logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

निर्माण सामाग्रीहरुमा अत्यासलाग्दो मुल्यबृद्धि ब्यवसायीहरु मर्कामा


  • जन आकाश
  • आइतबार, मंसिर १४ २०७७

 



काठमाडौं ।  कोभिड १९ को महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामाग्रीहरुमा एकतर्फी रुपमा कार्टेलिङ गरी अत्याधिक रुपले मूल्य वृद्धि भएको भन्दै निर्माण ब्यवसायी महासंघले आपत्ति जनाएको छ । आज एक बिज्ञप्ति सार्वजानिक गदै ।
अत्यासलाग्दो मुल्यबृघिप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । फलामजन्य निर्माण सामाग्रीहरु विभिन्न साइजका डण्डी, पाता, पत्ति, जी.आई तार, ग्याविन तार उत्पादक कम्पनीहरुले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीहरुले अत्याधिक मूल्य वृद्धि गरेको महासंघले जनाएको छ ।
“फलामजन्य निर्माण सामाग्री उत्पादक कम्पनीहरुले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मुल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपात भन्दा अत्याधिक रुपले मूल्यबृिद्घ गरी मिलोमतो गरेको देखिएको छ ” महासंघका महासचिव रोशन दाहालद्धारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अहिलेको मुल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यवहारिक तथा वैज्ञानिक नदेखिएको महासंघले जनाएको छ । त्यसैगरी देशको कुनैपनि स्थानबाट नदीजन्य सामाग्रीको उत्खनन र बिक्री वितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ ।

गृहको निर्णय बमोजिम निर्माणाधिन परियोजनाहरुमा ढुंगा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएको प्रति महासंघले सरोकारवाल सबै निकायको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारको यस निर्णयबाट आग्रह र पूर्वाग्रह रुपले क्रसरहरु बन्द हुन गएको र यसबाट अभाव र्सिजना हुन गई खानीजन्य निर्माण सामग्रीहरुमा सिमित व्यवसायीहरुको मिलोमतोमा अत्याधिक मूल्यबृिद्घ गराई कालोबजारी गरेको गुनासो महासंघलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
केही महिना अगाडिको मुल्य र हालको मुल्यमा डण्डी (प्रति केजी) मा रु. १५ देखि रु.२० सम्म मुल्य वृद्धि भएको र ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मुल्य बृद्घी भएको महासंघले जनाएको छ । महासंघका अनुसार कोभिड १९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मुल्यवृद्धि गरी कालोबजारी हुँदा विशेषगरी साना निर्माण व्यवसायीहरु बाह्र महिना भन्दा कम अवधि भएका निर्माण आयोजनाहरुको मुल्य समायोजन नहुँदा थप समस्यामा परेका छन् ।
व्यवसायीमैत्री ऐन कानुनको अभावमा एकपछि अर्को गरी विविध समस्या झेलिरहेका निर्माण व्यवसायीहरु बेला बखत सिर्जना भइरहने यी र यस्तै समस्याका कारण प्रताडित भइरहेको महासंघले जनाएको छ ।

अन्य विविध कारणले निर्माण परियोजनाहरु समयमै नसकिँदा अरु पक्ष नै जिम्मेवार हुँदाहुँदै एकोहोरो रुपमा व्यवसायीहरुमाथि मात्र दोषारोपण गर्ने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको महासंघको भनाइ छ ।

विषम परिस्थितिका बिच निर्माण कार्य गर्ने सिजनको मौका छोपी एकातिर निर्माण कार्यको लागत बढ्न जाने र अर्कोतिर तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नै पर्ने व्यवसायीको बाध्यताको फाईदा उठाउँदै मूल्यमा गरिएको कालोबजारीका कारण निर्माण कार्य तोकिएको समयमा सम्पन्न नहुने हुँदा उक्त कार्य तत्काल रोकी नेपाल सरकारबाट प्रभावकारी रुपले अनुगमन गरी मूल्यबृद्घि नियन्त्रणका लागि ठोस तथा सार्थक पहल गरिदिन सरोकारवला सबै निकाय समक्ष महासंघले जोडदार माग गरेको भनि उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend