logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सचिव डा. योगेन्द्र कुमार कार्कीद्धारा पदभार ग्रहण


  • जन आकाश
  • सोमबार, मंसिर १५ २०७७

 



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा सिफारिस भएका डा. योगेन्द्र कुमार कार्कीले सोमवार पदभार ग्रहण गरेका छन् ।

लामो समय देखी रिक्त रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा डा. योगेन्द्र कुमार कार्कीको नाम उनको कार्यक्षमता मुल्याङकनको आधारमा लोकसेवा आयोगको कार्यसम्पदान मुल्याङकन समितिले यहि मंसिर ८ गते सिफारिस गरेको थियो । उनको सर्वसहमतिले र निजामति ऐन अन्र्तगत सचिवमा बढुवा हुनुभएको थियो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बैठकले उनको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । निजामती सेवा ऐन अनुसार, कार्यसम्पदान मुल्याङकनका आधारमा ८० प्रतिशत हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौ पटक ज्येष्ठताका आधारमा २० प्रतिशत एक सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ । त्यही आधारमा डा. कार्कीको बिधिवत रुममा सचिव भएका हुन् । उनको कार्यभार मंसिर १५ गते सोमवारवाट कृषि तथा पसुपछी मन्त्रालयमा सहसचिव लगायत कर्मचारीहरुको उपस्थितिमा स्वागत सहित पदभार ग्रहण गरेको मन्त्रालयका कम्प्युटर अपरेटर रिसिराज खड्काले जानकारी दिएका हुन् ।

कार्कीको परिचय
बिश्वको अग्लो सगरमाथाको जिल्ला सोलुखुम्बुमा जन्मनु भएका कार्कीको जिल्ला जति सुन्दर थियो सपना पनि त्यति नै सुन्दर थियो रे यो डा।योगेन्द्र कुमार कार्की सचिवको भनाई हो । तर त्यो सपना पुरा गर्न सजिलो भने थिएन पाहाडको क्षेत्र उकाली ओराली खेतवारी बस्तुभाउ स्याहादै हत्तार हत्तारमा पाठशाला गएर शिक्षा आर्जन गर्नु पर्ने बाध्यताहरु थिए । त्यो बाध्यतालाई सामान्य ठानेर कडा मेहनत गरी बिभिन्न आरोह अवरोह पार गदै २०५१ सालमा नेपालको अधिकृत राप्र तृतीय श्रेणीवाट राष्ट्रिय कर्मचारी सेवामा प्रवेश गर्नुभएका कार्कीले जसरी सुन्दर सगरमाथाको शिर जस्तै सफा मन राखेर काम गर्न थाल्नुभयो । त्यसको अलवा आफ्नो योग्यता क्षमता अनुभव समेत बढाउदै लगेका कार्कीले नेपाल सरकारकै मातहतमा स्कलरसीप कोलोम्बो पलान्ट अन्तर्गत बेलायतमा कृषि सम्बन्धि पढुने अवसर समेत पाउनु भयो । र २०५४ सालमा राप्र दृतीय श्रेणीमा प्रतिस्पर्धामा भाग लिनुभयो र सफल हुनुभयो । आफ्नो कार्यकुशलतामा सधै ध्यान दिने । सरकारले तोकेको समयभन्दा एकघण्टा अगाडी अफीस पुगेर सेवाग्रहीहरुलाई सेवा प्रदान गर्ने अधिकृत मध्य कार्की पनि पर्नुहुन्छ भन्छन् कार्की राप्र द्धितृय हुदादेखि एउटै कार्यलयमा काम गरिरहेका कर्मचारीहरु

कार्कीको यात्रा त्यतिमा रोकिने कुरै भएन किनकी जति सोलुखुम्बुमा उकाली ओराली गदै मेहनत गर्दा बगेका पसिना हिमाली जिल्लामा भोगेका कठिनायसँग राम्रो सामाना गर्नुभएका कार्कीलाई चुनौतीलाई अवसरमा बदल्ने हिक्मत गरिसक्नु भएका कार्कीले शैक्षिक क्षेत्रमा गरेको मेहनतले पनि सफलता प्रप्त जानुभयो । सोलुखुम्बुवाट प्रथामिक शिक्षा प्रप्त गरेका कार्कीले सोलुखुम्बुकै नेलेमा रहेको जीवन ज्याति मा।विवाट उत्कृष्ट न। ल्याई २०३६ सालमा एस।एलसी गर्नुभएको हो । काठमाडौ आई पाटन क्यापसवाट आईएसी, कोलोम्बो पलान्टको छात्राबृतिवाट बिएसी एग्रीकल्चर युनिभरसिटी अफ एग्रीकल्चर साइन्सेसवाट गर्नुभएको छ । यता सेवाग्रहीको सेवा दिउसोमा र पढाईको काम रातमा गरेर पनि उदेश्य भेटाउन मेहनत गरेका कार्कीले २०६५ सालमा नेपाल सरकारको राप्र प्रथममा प्रतिस्पर्धावाट नाम निकाल्न सफल हुनुभयो । त्यो सगसगै उहाको योग्यता पनि एमपिए एमएसी एग्रीकल्चर इकोनोमिक्स माष्टर ९पिएचडी० गरेर सफल भईसक्नु भएको छ ।

लामो समय कृषि क्षेत्रमा काम गर्नुभएको कार्कीले नेपालको आवश्यकता अनुसार ब्यवसायीक करण र आधुनिकीकरण खास खास क्षेत्रमा बाली र बस्तुहरुमा आत्मनिर्भर बनाउने योजना अगाडी सादै आउनु भएको छ । कृषि र पसुपंछी एक अर्काका परिपुरक हुन त्यसैले किशानका हितमा यी दुवै बिषयलाई जोडेर कृषिमा उन्नति गर्न सकिन्छ भन्ने मान्यता राख्दै आउन् भएको छ ।

सोलुखुम्बुमा २०२० सालमा स्वर्गीय बुबा खडक बहादुर कार्की र आमा मनमाया कार्कीको कोखवाट जन्मनु भएका योगेन्द्र कुमार कार्की नेपाल सरकारको सचीव पदमा पुग्न सफल हुनुभएको छ । मेहनत गरे के गर्न सकिदैन भन्ने उदारण कार्कीेको मेहनत सिक्नेका निम्ति काफी छ । काठमाडौका चोकहरुमा निराशाका कुरा गरेर बिताउने पढ्न अल्छी मान्नेहरुले कार्कीवाट सिकुन् । पाहाड, हिमाल, तराई जाहा अभाव र अप्ठ्यारासँग जुद्धैपनि मेहनती मानिसहरु नेपाल राष्ट्रको महत्वपुर्ण पदीय हैशियतमा पुग्छन् । यसै गरी मेहनत गरेर नेपाल देशका बिभिन्न ठाउँहरुवाट प्रतिस्पर्धा गरेर लोकसेवाले लिईने पारदर्शी परिक्षामा सहभागी भएर उत्कृष्ट न। ल्याउनेहरु देशको अब्बल प्रशासक बन्दछन् । यस्तै असल प्रशासक बन्ने सपना कसैले देख्नुहुन्छ भने कार्कीले जस्तै सवैले जागर गर्न सिकौ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend