जन आकाश
नेपालमा कोरोनाको हल्ला फैलिएको र बजार सहज नभएको एक बर्ष बित्न लाग्दैछ । यो समयमा बिभिन्न ब्यवसायीहरुमा परेको पिर, मर्का पनि निकै छ । तर कतिपयले यो समयमा सामान अभाव देखाएर भाउबृद्धि गर्ने गरेका छन् ।
त्यो पनि अत्यासलाग्दो गरी अहिले काठमाडौ उपत्यकामा सामान्य किनमेल देखि आवश्यक सामानहरुको मुल्यबृद्धि अत्यासलाग्दो तरिकाले गरिएको छ । जसलाई सामान चाहिन्छ त्यो उपभोक्ताले ठगिनु परेको छ ।
त्यो इलेक्ट्रिक सामान, प्रविधिक सामानहरु जस्तैः टिभी, फ्रिज, क्यामरा, सिमेन्ट, डण्डी, फलाम, लत्ताकवडा, हरेक बस्तुहरुमा गएको ७ महिना अगाडी र हालको मुल्या ४० देखि ४५ प्रतिशत सम्म बृद्धि गरिएको छ ।
यो मुल्यबृद्धि अन्तराष्ट्रिय रुपमा बृद्धि भएर बढेको भने होईन । याहाका ब्यापारीहरुले जसले टे«ड लिएका छन् तिनिहरुले मनलाग्दी बढाएको देखिन्छ । कतिपयाले सेटिङग मिलाएर आपुर्ति राज्यमन्त्री ब्यापारी नै भएको बेला मौकाको फाईदा उठाउन यस्तो निच काम गरेको देखिन्छ ।
नेपालमा पाईने स्काई टिभीको मुल्य अन्तराष्ट्रिय बजारमा गुगलमा चैत्र महिनाको मुल्य र अहिलेको मुल्य हेर्दा बढेको छैन । तर नेपालमा ४० प्रतिशतले भाउ बृद्धि गरिएको छ । त्यस्तै ईलेक्ट्रिक सामानहरुमा पनि त्यस्तै छ । अज्झ भन्ने हो भने उधोग बाणिज्य तथा आपुर्ति राज्यमन्त्रीको लगानीमा बिक्री भईरहेको स्काई टिभीको आधिकारिक बिक्रेताले नेपाली उपभोक्तालाई मुल्यबृद्धि गरेर सताउनु सताएको देखिन्छ ।
ज्ञानेश्वरमा रहेको स्काई एप्लाईसेन्स प्रा.लि.ले यसरी मुल्यबृद्धि गरिरहेको उपभोक्ताहरुको गुनसो आएको छ ।
उधोग बाणिज्य तथा आपुर्ति मन्त्रालयले मुल्यबृद्धि भएको छैन । भनेर बेला बेलामा बिज्ञप्ति निकाले पनि बजारमा जादा मुल्याबृद्धि अत्याधिक भएको छ । यो नेपाली उपभोक्ताको लागि कालो बजारको रुपमा देखिन्छ ।
नेपालको नामैले न्युरोड भनेर चिनिने ठाउँमा यतिवेला नेपालमा धेरै चल्ने क्यानोनको क्यामराहरु लकडाउन अगाडी र अहिले ७ महिना पछिको मुल्यमा अत्यास लाग्ने गरी मुल्याबृद्धि गरिएको छ ।
ति पसलेहरुले भन्ने गरेका छन् । सामान आउन छाडेको छ । अन्तराष्ट्रियस्तरमा मुल्य बढेको छ । भन्ने गरेका छन् । तर जापानमा उत्पादित क्यानोनका क्यामराहरुको मुल्य गुगलमा सर्च गर्दा ७ महिना अगाडी र अहिलेको मुल्य एउटै छ । आजको आधुनिक युगमा पनि उपभोक्तालाई देखादेखी अनाआवश्यक मुल्यमा सामान बेचिरहेका छन् ।
यस्तो अश्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न सरकार पछि पर्नुहुदैन । यस्तो मुल्यबृद्धि गर्न उधोग बाणिज्य तथा आपुर्ति राज्यमन्त्रीको लगानी भएको कम्पनी समेत संलग्न भएको हुदा तत्कालै बजारमा अस्वभाविक मुल्याबृद्धि गर्ने जोसुकैलाई कारवाही गर्न पछि पर्नु हुुदैन । त्यसमाथि उधोग बाणिज्य तथा आपुर्ति राज्यमन्त्रीलाई राजिनामा गराई छानवीन गर्न ढिलो गर्नु हुदैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend