logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आइक्यान परिषद्मा प्रस्तुत प्रतिवेदनमा सिए संघको आपत्ति


  • जन आकाश
  • आइतबार, मंसिर २१ २०७७

 



काठमाडौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को परिषद्द्वारा गठित ‘रजिस्टर्ड अडिटर्स प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्स’ले परिषद्मा पेस गरेको प्रतिवेदनमा समेटिएका केही विषयप्रति यस नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक बिज्ञप्ति जारी गरेर संघ प्रतिवेदनका विवादास्पद सिफारिसप्रति पूणतः असहमति प्रकट गर्दछ । भनिएको छ ।
बिज्ञप्तिको सार
स्तरोन्नतिको नाममा अवैज्ञानिक ढंगले चार्टर्ड एकाउन्टेन्टहरुको गुणस्तर, अन्तर्राष्ट्रिय मान्यता तथा समग्रमा लेखा व्यवसायीको सामाजिक प्रतिष्ठामा आँच आउने गरी विशेष छुट दिन नहुने संघको अडान छ । उक्त प्रतिवेदनमार्फत अघि सारिएका विभिन्न प्रस्तावमा यस संघको गम्भीर आपत्ति छ । परिषद्मा प्रस्तुत विवादास्पद विषयहरु खारेज गर्न पनि संघले जोडदार माग गरेको छ ।

चार्टर्ड एकाउन्टेन्सी शिक्षाका अन्तर्राष्ट्रिय मापदण्ड, प्रणाली र परम्पराविपरीत हुने गरी प्रतिवेदनमार्फत प्रस्ताव गरिएका विषयवस्तुमा संघले चार्टर्ड एकाउन्टेन्सी शिक्षाका सरोकारवालासँग छलफल गरिरहेको छ । कुनै पनि शक्षिामा शिक्षामा सहज र छोटो तर अपूर्ण बाटो अपनाउँदा त्यसमार्फत दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन र त्यो जनशक्तिले अपेक्षित परिणाम दिन पनि सक्दैन । तर प्रतिवेदनले सजिलो र छोटो बाटोबाट चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने गरी प्रस्ताव अघि सारेकोमा संघको गम्भीर असहमति रहेको महासचिव तेजप्रसाद सुवेदीले जनाएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्वअध्यक्ष, संघका पूर्वअध्यक्ष, सरोकारवाला, सरकारी निकायका पेसासम्बद्ध विशिष्ट व्यक्ति, सिए अध्ययनरत विद्यार्थी लगायतका धारणा चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको उपाधिका सन्दर्भमा कायम भएका व्यवस्थाबाहेक कुनै पनि किसिमको अतिरिक्त छुट दिन नहुने कुरामा सबैको ऐक्यबद्धता रहेको छ ।

रजिस्टर्ड अडिटरहरुको क्षमता अभिवृद्धि हुनुपर्छ भन्नेमा संघको आपत्ति छैन । तर वैज्ञानिक र समय सान्दर्भिक सुझावविपरीत कदम चालिए कडा संघर्षमा उत्रिने चेतावनी दिन चाहन्छौं । साथै, लेखा व्यवसायमा दूरगामी असर पार्ने नीतिगत निर्णय गर्दा, सरोकारवालासँग आवश्यक छलफल र परामर्श गर्न पनि आग्रह गर्दछौं ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend