logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

निर्माण ब्यवसायीहरुले रक्तदान गरे


  • जन आकाश
  • मंगलबार, मंसिर २३ २०७७

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले १३ औं राष्ट्रिय निर्माण दिवस २०७७ को अवसरमा राजधानीमा रक्तदान कार्यक्रम आयोजना गरी ब्यवसायीहरुको उपस्थितिमा रक्तदान जीवनदान भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै रक्तदान गरेका छन् ।



कोरोना कहरको विषम् परिस्थितिमा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै कार्यक्रम संचालन गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभएको हो । विगतका वर्षहरुमा निर्माण दिवसमा प्रभातफेरि, एफक्यान अवार्ड लगायतका राष्ट्रिय स्तरका विविध कार्यक्रम आयोजना गरिएता पनि यस वर्ष कोरोना महामारीका कारण महासंघले रक्तदान कार्यक्रम मात्र आयोजना गरेको महासंघका महासचीव दाहालले बताउनु भएको हो ।

महासंघले प्रत्येक वर्ष मंसिर २२ मा आफ्नो स्थापना भएको दिनलाई विविध कार्यक्रम गर्दै राष्ट्रिय निर्माण दिवस मनाउँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend