जन आकाश
लामो समयदेखि चर्किएको नेकपा–नेकपाको विवादले यतिवेला राष्ट्रिय अन्तरष्ट्रिय रुपमा नै प्रभाव पारेको छ । एकतिर भने अर्कोतर्फ नेपालको सरकार नेकपा–नेकपाले नै सञ्चालन गरेको हुनाले नेपालको बिकाश निर्माण लगायत प्रगतिका कामहरु समेत प्रभावित हुन थालिसकेका छन् ।
यो विवादले देशका नागरिकहरुलाई समेत अन्यौलता बनाएको छ । हुनत जनतालाई जो सरकारमा आएपनि हर्स न बिस्मात भन्ने त गरिन्छ । तर ब्याक्तिको आचरण र ब्यवहारले नेपालको अर्थ ब्यवस्था, जनताको जीविकोपार्जन जस्ता महत्वपुर्ण बिषयहरुमा फरक पर्ने हुन्छ । त्यस्तै असर यतिवेला देशमा परिरहेको छ । एकातिर कोभिडको संत्रासले बिग्रेको अर्थतन्त्र अर्कोतर्फ भारतले नेपालको भुमि भारतीय नक्सामा समेटेर प्रकाशन गरेपछि भारत भएर आउने सामानहरुमा भारतीय पक्षले थोपरेको झन्झट जस्ता समस्याले देशमा असहज परिस्थिति सृर्जना भएको छ । यहिवेला नेकपा– नेकपा भित्रको विवादले चरम रुप लिईरहेको छ । यसो गर्नुको सट्टा कोभिडको संत्रासले थलिएको अर्थ ब्यवस्था सुधारर्न र भारतले नेपालको भुमि समेटेर प्रकाशन गरेको नक्साको बिषयमा सवै नेपालीहरु एक भएर सामाना गर्नुपर्ने समय हो । भारतले त्यो मान्दैन भने नेपालले एकपटक कालापानी युृद्धलाई समेत तयारी गर्नुपर्ने आजको आवश्यक्ता हो ।
त्यसको अलवा कोभिडवाट थलिएका देशका नागरिकहरुलाई कसरी सहज तरिका अपनाएर राहात पुग्नेगरि प्रोत्साहन मुलक कार्यक्रम ल्याउन सकिन्छ भनेर नीति तय गर्नुपर्ने बेला हो । ठिक त्यसको बिपरित अहिले नेकपा–नेकपाको विवाद सतहमा देखिएको छ । यसले नेपाली जनता बिभाजित भएको जस्तो सन्देश दिईरहेको छ । यस्तो चलनले नेपालको राष्ट्रियता बलियो हुन सक्दैन । नेपालको राष्ट्रियतालाई समेत यसले असर प्रत्यक्ष गरेको छ ।
यो विवाद नेकपा– नेकपाको देखिए पनि बाहिरी शक्तिको भुमिका र निर्देशन पनि रहेको भान हुनेगरी नेताहरुको प्रस्तुतिले देखाउछ । त्यसकारण यो नकपा–नेकपाको विवाद भएपनि सिगो देशसँग जोडिएको बिषय भएको हुनाले नेपालको राष्ट्रियतालाई कमजोर बनाउने कुनियोजित ढंगवाट अगाडी बढिरहेको हुदा यसवाट आम नागरिक सचेत भएर नेपालको राष्ट्रियता कमजोर बन्न नदिईकन अगाडी बढ्नुपर्ने आजको आवश्यता रहेको छ ।
नेकपा–नेकपाको विवादले नेपाललाई असर पुग्न नदिन कार्यकर्ता पक्ति र आम सर्वसाधरणसम्म सजग सर्तक रहनु पर्ने देखिन्छ । नभए सिक्किममा जस्तै बहुमतिय संयन्त्र नेपालमा पनि नहोला भन्न सकिन्न । राष्ट्रियताकोे संक्षणको लागि राष्ट्रवादी शक्तिहरु सतर्क रही कुनै बहुमतिय सिक्किमीकरणको मोडलमा नेताहरु लागेभने तत्कालै राष्ट्रिय मुक्तियुद्धको लागि तयारी गर्नुपर्ने देखिन्छ । यो सवै नेपालीहरुको परम कत्ब्य हो । यो कत्ब्यवाट कोही नभागौ । तयारी अवस्थामा रहनुपर्ने देखिन्छ । राष्ट्रियताको सवालमा के पत्राकार, के मजदुर, न पार्टी, न वाद सवै नेपाली नेपाली एक ढिक्का भएर मिलेर काम गर्नुपर्ने देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend