logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ


  • जन आकाश
  • बुधबार, मंसिर २४ २०७७

काठमाडौं । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।
यो भन्दा पहिले ८८४८ मिटर उचाई रहेको सगरमाथाको उचाई अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको छ । हिजो नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाइ को घोषणा गरेका हुन् ।



उचाइ मापन भने नेपाल र चीनले छुट्टा छुट्टै गरेका थिए। फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ ।
१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।

यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको थियो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको थियो । तर अब भने नयाँ उचाइलाई मान्यता दिईएको छ ।

सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ घोषणा गर्ने सहमति २०१९ को अक्टोबरमा भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend