logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • बुधबार, मंसिर २४ २०७७

मुक्तक १
कस्तो अचम्म नारिले नारी कुटेको देखियो
कठै शरीर अधकल्चो पारी कुटेको देखियो
हिजो दाइजो प्रथा अन्त्य गर्छु भन्ने महोदयले
घरमा दाइजो नल्याउँदा बुहारी कुटेको देखियो ।



मुक्तक २
यत्ती भन्छु म, ऋण लागोस् तर दिन नलागोस् ।
पसिना बगोस् सधैं, अल्छी एकछिन नलागोस् ।
यदि कुनै दिन म यो देशको मन्त्री भएछु भने,
मलाई देखेर देशका जनतालाई घिन नलागोस् ।

मुक्तक ३
झुक्नुपर्दैन कसैसँग आफुभित्र बहादुरी भएपछि
बस्नुपर्दैन भोकै कहिल्यै बलिया पाखुरी भएपछी
इतिहास हिजोको हामीले कहाँ बिर्सिएका छौं र रु
मिसाइल पनि घुँडा टेक्छ एउटा खुकुरी भएपछि ।

मुक्तक ४
जानाजान खराबलाई असल भनी चुन्न कहाँ सक्छु र
बाहिर चिल्लो कुरा गरि भित्र जाल बुन्न कहाँ सक्छु र
नथाकी निरन्तर मेहनत गर्दै आफ्नै बाटो हिडिंरहन्छु,
कुरा काट्दै हिड्ने दुनियाँको मुख थुन्न कहाँ सक्छु र

युवराज कार्की
गौरादह
झापा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend