logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • बुधबार, मंसिर २४ २०७७

मुक्तक १
स्याल रुँदै गर्छ , कुकुर भुक्दै गर्छ
पुलिस आउँदै गर्छ, चोर लुक्दै गर्छ
आफ्नो सकारात्मक रुचिमा रम्छु म
काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ



मुक्तक २
कलियुग हो बिग्रन्छ मति, के भन्नू खोइ
आफ्नै बुद्धिले हुन्छ दुर्गति , के भन्नू खोई
चितामा नजले के भो चिन्तामा जलाउछौ
जानै पर्दैन कुनै नारी सती, के भन्नू खोई

मुक्तक ३
तिम्रो उपहारमा शराव, पाएँ, म बर्बाद भै दिए
उपहार को यो नकाव, लाएँ, म बर्बाद भै दिएँ
साहित्यिक यात्रामा हिंडन खोज्दै थिएँ आफू
तिखो चोटिलो भाव, खाएँ, म बर्बाद भै दिएँ

मुक्तक ४
स्वर्ग यहि हो, न जातीय विभेद, न धार्मिक द्वन्द छ
खुसी या दर्दमा सबलाई अँगाल्छ, अति आनन्द छ
नसोध, मन्दिर(मस्जिद भन्दा पवित्र मदिरालय भो,
प्रवेश निषेध छ, न छ करकाप बरु झन् स्वच्छन्द छ

सुमन सिंगल
परिवर्तन टोल
झापा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend