जन आकाश
मुक्तक १
तिल जत्रो कुरा पहाड बनाएर
दुनियाको सामु बदनाम गराएर
आखिर फसाई छाड्यौ हैन
प्रेम हत्याको आरोप लगाएर
मुक्तक २
उडेर जहाज आखिर कहाँ जाँदो हो
खचाखच भरेर मान्छे कहाँ लाँदो हो
मेरो छोरो पनि बालकैमा परदेशी भाछ,
विचरा शोकमै छकि पेटभरि खाँदो हो
मुक्तक ३
स्वर्गमा सबैको आफ्नै घर हुनुपर्छ
कि त्यहाँ सुविधायुक्त शहर हुनुपर्छ
नत्र जो जान्छन् ति किन फर्किदैनन्
पक्कै मृत्यु एकदमै सुन्दर हुनुपर्छ
मुक्तक ४
समाप्ति गरुँ या सुचारु गरुँ तिमिनै भन
अझैनि सुन्यतामा लर्खराउदै छ जिवन
तर आभास हुनै छाड्यो जिउदै छु या मरेँ,
कुरुवात भन्छन् सुस्तरि चल्दैछ धड्कन
सिताराम खड्का
काभ्रे
पाँचखाल
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend