logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

मुक्तक


  • जन आकाश
  • बुधबार, मंसिर २४ २०७७

मुक्तक १
पीडा पनि कति कति लुतो झैँ चिलाउने
दुस्खको बिचमा थोरै खुशी छ जिलाउने
सँघर्ष गरेर जिन्दगी सुधार्न खोज्दछु म
दुस्ख आँधी झैँ आउँछ खै कता मिलाउने



मुक्तक २
धरामा छ सौन्दर्य यतै भुलूँ भुलूँ लाग्छ
सुन्दर शान्त नेपालमा डुलूँ डुलूँ लाग्छ
हजारौं हजार भमराहरू झुल्छन् सधैँ
लाली गुँरास भै डालीमा फुलूँ फुलूँ लाग्छ

मुक्तक ३
परदेश पसेपछि निक्कै अत्यास लाग्दैछ
बाडूल्की अचेल किन छ्यास छ्यास लाग्दैछ
यादमा रुन्न तिमी सम्झिएर पागल हुन्न भन्थेँ
तर, सागर साथमा हुँदा पनि प्यास लाग्दैछ ।।
मुक्तक ४
सधै भरि आमा भन्दै त्यो काखमा रून पाउँ आमा
सिर झुकाएर कोमल पाउ हजुरैको छुन पाउँ आमा
चाहाना ठूलो राख्दिन म अरु केही पनि माग्दिन म
जुनि जुनि सयौं जुनि हजुरकै सन्तान हुन पाउँ आमा

प्रकाश पाठक योगीु
भरतपुर २३ जगतपुर
चितवन नेपाल
दोहा कतार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend