जन आकाश
मुक्तक १
झुपडीमा बस्दा पनि आनन्द होस्
पटुकी कस्दा पनि आनन्द होस्
कल्याण होस् सबैको जहाँ रहेपनि
जंगलमा पस्दा पनि आनन्द होस्
मुक्तक २
हरेक साँझ बिहान सम्झेर हुँदोरहेनछ
पत्थरलाई भगवान सम्झेर हुँदोरहेनछ
आजीव लाग्छन् फर्कि हेर्दा ती दिनहरु
मुर्खहरुलाई विद्वान् सम्झेर हुँदोरहेनछ
मुक्तक ३
जीविका चलेकै रछ भनेर मौन छ छोरो
अंगेनो नि बलेकै रछ भनेर मौन छ छोरो
आमाबुवाको कराइमा अभाव छड्के पनि
कर्कलो त गलेकै रछ भनेर मौन छ छोरो
मुक्तक ४
सही गलत पर्गेल्न सक्ने शिक्षा छैन आज
हतारमा नै गर्छन् निर्णय प्रतीक्षा छैन आज
जे गरेउँ राम्रै त गरेउँ भन्छन् बुद्धिजीवीहरु
कुन काम कसरी भयो समिक्षा छैन आज
अनिता यात्रीु
कपन १०
काठमाडौ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend