जन आकाश
मुक्तक १
टुँडाल मस्तछन् ,मन्दिर फोरिन्छन्
साक्षी छन् गजुर ,मूर्ती चोरिन्छ्न्
खुलै थिए आँखा , स्वयम्भूका यहाँ
देखादेख सधैं घटना दोहोरिन्छन्
मुक्तक २
मनको आँखा खोल्नु , अध्यात्म ध्यानमा
सबै जीवमा ईश्वर ,परमात्मा छ्न ज्ञानमा
तुलसी मन्जरी भन ,वा मञ्जु घोष प्यारा
नियन्त्रण गर्नु वाणी,पर्दैन दुख ज्यानमा !
मुक्तक ३
आँसु पुछ्ने रुमाल दियौ, माया बोक्ने बर्को
जिस्काईरहदा बोलाईरहदा, लाग्दैनथ्यो झर्को
सिंदुर पोते लगाउ कान्छी राम्री लाग्छ भन्छौ
डुलाइरन्छौ नजर प्यारा ,भेट्यौ कि त अर्को !!
मुक्तक ४
बाहिर चोट देखिदैन कतै ,दुखे जस्तो लाग्छ
आँखाभित्र मुटुभित्र व्यथा ,लुके जस्तो लाग्छ
भावनामा दुख्न सक्छ सखी १तिम्रो ह्र्दयमा
उकुसमुकुस देख्छु नाकमुख ,सुके जस्तो लाग्छ
मञ्जुश्री गिरी
विराटनगर
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend