logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

मुक्तक


  • जन आकाश
  • बुधबार, मंसिर २४ २०७७

मुक्तक १
एउटा सानो वनचरिको कति सुन्दर घर ।
वाज आई भत्काएर तोडिदिने डर ।
चुच्चो वाटै सिर्जनाका रुप सजाएर,
वनाएको घर उस्को क्षितिज भन्दा पर ।



मुक्तक २
अतितलाइ सम्झिसम्झी जीउने मान्छे होइन म
वर्तमान भुली दुखी मन सिउने मान्छे होईन म
हजारौ दुःखहरु आएका छन् मेरै थाप्लो माथी
दुस्ख पछि लगाएर खुसी पिउने मान्छे होईन म।

मुक्तक ३
भित्रभित्रै तड्पिदा तड्पिदै बाहिर रुनै बिर्सेछु
भिजेका ती परेलीलाई पानीले धुनै बिर्सेछु
एक्लै हुदा सारा दुःख मै माथि थुपरिए जस्तै लाग्ने
पीडा र चिन्ताले कसैले बोलाको सुन्नै विर्सेछु

मुक्तक ४
हुनुपर्छ मान्छेका पाखुरीमा पुरुषार्थ र मनमा उत्साह
संसारमा सुख हुन्न कसैलाई पनि गरेर अरुको डाह
सिपालु र जाँगरिलो नङ्ग्रा चुच्चाले चरी सुखी छ
मानिससँग छ साधन बुद्धि र ज्ञान विवेक अथाह ।।

अम्विका अधिकारी
झापा
हाल काठमाण्डौ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend