logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

मुक्तक


  • जन आकाश
  • बुधबार, मंसिर २४ २०७७

मुक्तक १
कुनै समय नजिक थिएँ भन्ने नबिर्सिनू
आज बाध्यतामा बाँधिएँ भन्ने नबिर्सिनू
अर्कैको भएपछि सम्झिरहन त पाइँदैन
तर बिर्सिए पनि बिर्सिएँ भन्ने नबिर्सिनू ।



मुक्तक २
विभेदको पर्खाल अनि कुरीति देखिएन भने
अस्थिरता सँगसँगै भ्रष्ट नीति देखिएन भने
धरहरा जतिसुकै अग्लो बनाएर पनि के गर्नु
जहाँबाट हेर्दा देशको बेथिति देखिएन भने ।

मुक्तक ३
बिमारको परवाह नगर् तँ आफैंले घर चला
कोही दयालु आएर भन्दैनन् यहाँ ुखर्च लाु
बुढेसकालमा काम गर्ने रहर हुँदै होइन बाबु
उमेरले आराम गर भन्छ अभावले जाँगर चला

मुक्तक ४
सेवा गरेजस्तै गरी गालामा झापड हान्नेहरू छन्
कसैको भर नपर्नुस् आमा झापड हान्नेहरू छन्
तपाईंलाई कसैले चश्मा दिएको सुनेर चिन्तित छु
यहाँ लामखुट्टे मार्ने बहानामा झापड हान्नेहरू छन्

खगेन्द्र समरस
सुन्दरहरैंचा २ मोरङ
हाल यूएई

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend