logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

मुक्तक


  • जन आकाश
  • बुधबार, मंसिर २४ २०७७

मुक्तक १
हिमाल जस्तो अटल रहोस् त्यो मन
प्रकृतिले दिउन् सबलाई सुन्दर तन
दुस्ख कष्ट जे जस्तो बाधा आए पनि
स्वतन्त्र रुपले चलोस् सबको जीवन !



 

मुक्तक २
गंगाजल जस्तो सबै जल पवित्र हुँदैन
सबै व्यक्तिमा असल चरित्र हुँदैन
शायद त्यही भएर होला यो जगतमा
विश्वासघात गर्ने व्यक्तिको धेरै मित्र हुँदैन !

मुक्तक ३
प्रेमको अर्थ गहिरो छ थरिथरि भएपनि परिभाषा
प्रेम पूजाको प्रतीक हो राख्छन् सबैले ठूलै आशा
लोभ गर्छौ मायामा केही पाउने आश गर्छौ जब,
स्वार्थीपनले जीवनमा ल्याउने छ हदैसम्म निराशा !

मुक्तक ४
बढ्दै छन् देश द्रोही र बलात्कारीहरु गनेर साध्य छैन
बनाऔं कडा नीति नियमहरु छिट्टै भनेर साध्य छैन
हुन लाग्यो आज आफ्नै मुलुक विरानो भूमि जस्तो
जीउँदै पुरी दिनेलाई खाडलहरु यहाँ खनेर साध्य छैन

राम नारायण चौधरी
ईश्वरपुर न. पा. ७
सर्लाही

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend