जन आकाश
मुक्तक १
मनभरी पिर ,चिन्ता बोकेर बाँचेकी छिन्
सधै भरि आँसुको भेल खेपेर बाँचेकी छिन्
छोरो श्रीमती लिएर परदेश तिर लागे पछि,
आमा सडकमा मकै बेचेर बाँचेकी छिन्
मुक्तक २
तिम्रै याद ले लगातार हान्छ तिर के गरुम्
गर्दिन भन्दा पनि लागिहाल्छ पिर के गरुम्
तिम्रो याद आउने हरेक चिज नस्ट गर्दैछु,
तिमी नै भन प्रिया तिम्रो तस्बिर के गरुम्
मुक्तक ३
न सकियो जित्न अनि न सकियो हार्न पनि
पीडाहरु धेरै भयो सकिएन हासेर टार्न पनि
आत्महत्या गर्ने लाई कायर न सोच्नुस महोदय
ठूलो हिम्मत चाइन्छ आफुले आफैलाइ मार्न पनि
मुक्तक ४
पुजेको छु देवता गएको छु मन्दिर केही त होलानि
चढाएँ अक्षता अनि चढाएँ अबिर केही त होलानी
म भोकै बसेर भगवान तिमिलाइ प्रसाद चढाएको छु
ए भगवान अब त मेरो मनको पिर केहि त होलानी
बिजय घिमिरे बिफल
बनेपा २
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend