जन आकाश
काठमाडौ । अचेल काठमाडौ उपत्यका र नेपालका मुख्य शहरहरुमा दिनहु प्रदर्शन हुने गरेका छन् ।
प्रदर्शन गर्नेहरूमा धेरैजति साना दल रहेका छन् त्यसमा नागरिक आन्दोलन नाम दिएको समुहले त क्रमश तालिका सार्वजनिक गरेर आन्दोलनमा उत्रिएको छ।
नेपाली काङ्ग्रेसले पनि यहि २९ गते ७७ वटै जिल्लामा प्रदर्सन गर्न लागेको छ। कम्युनिस्ट भनिएकाहरुको गठबन्धनले पनि क्रमशः तालिका सार्वजनिक गरिरहेका छन् ।
त्यसैमा अर्को राप्रपा नेपाल जुन लाक्पा तामाङ नेतृत्वको समूहले पनि पौष ४ गते शत्ती प्रदर्शन गर्ने जनाएको छ।
नेपालमा आन्दोलन हुन्छन् तर त्यो आन्दोलन पछि पात्र फेरिन्छन तर त्यो परिवर्तनको नाममा देशले सधै नोक्सान ब्यहोर्दै आएको छ। परिवर्तनको नाममा २००७ सालमा आएको परिवर्तनले कोशी, गण्डकी, महाकालीको अधिकार गुमाएको थियो ।
२०४७ मा आएको परिवर्तनमा पुर्ण रुपमा महाकाली अधिकार गुमाएको थियो। उधोग कलकारखाना बन्द गराउन भुमिका खेलेको थियो। २०६२/६३को परिवर्तनमा नेपालले माथिल्लो कोशी ड्याम ( उच्च कोशी ) बाध सम्झौता गरेको छ।
अहिले हुन लागेको आन्दोलनले नेपाललाई अस्थिरतामा धकेलेर सिक्किम जस्तै बनाउने दाउ पनि हुन सक्छ । नेपालमा नेपाली योजनामा कुनै आन्दोलन हुन सकेको छैन ।
अब हुने आन्दोलन बिदेशीको निर्देशनमा नभई नेपाली योजनामा नेपालमुखी भयो भने मात्रै स्वतन्त्र नेपालको साखः रहला होईन कुनै छिमेकीलाई नेपालको भुमी मिच्न पाइरहनु पर्छ । त्यसमा नेपालले दरो अडान लियो यसलाई ठेगान लगाउनु पर्यो भनेर अस्थिरता मच्चाउन खोजेको हो भने नेपाली जनताको लागि स्वीकार्य हुनुहुदैन। यस्ता कुराहरू पनि अबका नेपालीले बुझनुपर्छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend