जन आकाश
काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीहरुको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र उनीहरुको उपकरणका सुरक्षा सवालमा प्रधानमन्त्री पनि चिन्तित रहेको धारणा राखेका थिए ।
निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मातहतको मन्त्रालयका तर्फबाट सरोकारवाला अन्य निकायसँग छलफल गर्ने मन्त्री श्रेष्ठले बताए । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री श्रेष्ठलाई निर्माण व्यवसाय क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र समाधानका उपायका बारेमा जानकारी गराएको थियो । धरौटी रकम, कोभिड–१९ को मापदण्ड, निर्माण कार्यको म्याद थप, मुल्यवृद्धि नियन्त्रण, निर्माण सामाग्रीको उत्खननमा लगाइएको रोक, शान्ति सुरक्षा, बैंक ग्यारेण्टी तथा बिमा, क्रेडिटलाइन कमिशन लगायतका विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराइएको महासंघले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend