जन आकाश
नेपाल संगीन मोडमा पुग्न लाग्दैछ । बिदेशी शक्तिहरुको चलखेल तिव्र बनिरहेको छ । नेपाललाई सधै अस्थिरतामा राखेर स्वार्थ पुर्ति गर्ने राष्ट्रहरुको चलखेल पछिल्लो समय बढेर गएको छ । नेपाल मात्र होईन कोभिड १९ को महामारीले बिश्वलाई मानवीय संकटमा पारिरहेको बेला मानवहरुको कल्याण सवैको आवश्यक्ता हुनुपर्छ । त्यो आदर्श सवैले दिन्छन् । तर शक्तिसाली राष्ट्रहरुको ध्याउन्न भने फरक खालको छ ।
साना राष्ट्रहरुमाथि थिचोमिचो गर्ने, असमान ब्यवहारहरु गर्ने जस्ता कार्यले बिश्व मानव जगतलाई त्रास पैदा गर्न गराउन काम गरिरहेका छन् । त्यको सृखला नेपालमा पनि देखिरहेको छ ।
नेपालका नेपालीहरुले नेपाल देश बिकास गर्ने सुन्दर सपना देखेको देख्यै छन् । तर यो वा त्यो वहानामा नेपालमा ह्ुने गरेका परिवर्तनका नाममा उल्टै अस्थिरता मच्चाएर दिगो बिकास गर्न अवरोधहरु सृर्जना गर्ने गरेको देखिदै आएको छ ।
त्यो कहिले पार्टी–पार्टी बीचको विवाद कहिले सरकारले ल्याएका नीति तथा कार्यक्रममा विवाद कहिले व्यवस्था परिवर्तन गर्ने मुद्दा उठाएर नेपाललाई सधै अस्थिरतामा धकेल्न नेपालका राजनीतिक भनिएका पार्टीहरु प्रयोग हुदै आएकाछन् । भईरहेका छन् । देख्दा नेपाली अनुहार र नेपाली नागरिता बोकेका तर ब्यवहार नेपाल देशको बिरुद्ध नेपाली नागरिकको हित बिरुद्ध काम गर्ने पार्टीका नेताहरुको चरित्रले नेपाल देश सुन्दर भईकन पनि अन्तराष्ट्रिय जगतमा उपस्थित गराएर नेपालको प्रतिष्ठा उठाउन पछिल्लो समयमा सकिराखेको छैन ।
यसको अरु कारणहरु नभएर नेपालका अर्ध ज्ञान भएका पार्टीका नेताहरुले म भए सव ठिक नभए सवै बेठिक जस्ता नीतिहिन, ब्यवहार देखाउदै बिदेशी शक्तिहरुले जे भन्छन् त्यही मात्र गरेर काम गर्दा इमान्दार नेपालीहरुले खोजेको नेपालको बिकास अहिलेसम्म हुन सकेको छैन ।
नेपाल प्रत्येक १० बर्षमा अस्थिरतामा फस्दै आएको थियो यो पटक भने झण्डै १४ बर्षमा शान्तिपुर्ण बातावरण देशमा हुदा नेपालले केही मात्रमा भएपनि आनन्दको सास फेदै आएका छन् । बिकास निर्माणका बहसहरु शुरु भईरहेको अवस्थामा पुनः जसले बिगतमा अहिले सरकारमा पुगेका कुनैवेला भारतमा खोलिएका पार्टीलाई जसरी नेपाललाई अस्थिरता मच्चाउन लगाएर नेपालका उधोग कलकारखाना बन्द गराएका थिए । नेपाललाई परनिर्भर बनाउन भुमिका खेलेका थिए ।
त्यसैगरी बाकी रहेका नीजि क्षेत्रका र सरकारी नेपाली लगानीकर्ताले खोलेका ब्यपार उधोग सक्न अस्थिरताको बिउ रोप्न यतिवेला त्यही शक्ति लागिरहेको छ । त्यसको साथसाथै नेपालमा अर्को राष्ट्रवादी आन्दोलन पनि अठ्न खोजेको छ । तर त्यो आन्दोलन उठ्न नदिन बिदेशी शक्तिहरुले चलखेल गरिरहेका छन् ।
यस्तो बेलामा सवै नेपाली एकढिक्का हुनुपर्ने र नेपालको राष्ट्रियताको सवालमा लिपुलेक, कालापानी, लिम्पियाधुराको बिषयमा बढी जोड दिनुपर्ने समय हो । तर नेपालको सरकार जुन पार्टीले चलाईरहेको छ । त्यो पार्टीभित्रको विवादले नेपाल राष्ट्रको लागि खतरा निम्त्याईरहेको छ । कतै सिक्किमीकरणको मोडलमा देश जादै त छैन ? प्रश्नहरु उठ्न थालेका छन् ।
अहिले भईरहेका नागरिक आन्दोलन, राप्रपा, काग्रस, बाममोर्चा, लगायतले गरिरहेको आन्दोलन बास्तविक नेपालको हितमा नेपाली योजनामा हो वा बिगतका आन्दोलन जस्तै अन्तै कतैवाट सञ्चालित हो यो अध्ययन गरेर छुट्याउन नेपालका देशभक्त राजनीतिज्ञहरुले सार्वजानिक गर्न ढिलो गर्नुहुदैन । जति ढिलो हुदै जान्छ । त्यति नै नेपालको भविष्य अन्धारतर्फ मोडिन सक्छ । त्यसैले आवाहन देशभक्तहरुको सक्रियता यतिवेला देशले खोजेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend