logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तक


  • जन आकाश
  • आइतबार, मंसिर २८ २०७७

मुक्तक १
जब दिमागमा खेलि रहन्छ कुरा !
दिन रात उसैमा लागिरहन्छ पूरा  !!
सकिन्न निर्णयमा पुग्न त्यसरी केहि,
काम तब बाकि रहन्छ सबै अधुरा  !!



मुक्तक २
टेक्न नसक्दा उस्लाई लौरो थमाएँ !
अचेल दौडिन्छ र त उ एक्लै रमाए !!
कर्म गर्नु फलको आशा नगर्नु भन्थे,
कृष्णको यसैले मैले ुगीताु समाएँ !!

मुक्तक ३
के के हुन्छ हुन्छ जीवनको सिरानीमा !
जतिनै गह्रौ होस, डुब्दैन काठ पानीमा  !!
धैर्यले पार लगाउछ सारा अबरोधहरु,
आउँछ लिएर नयाँ उत्साह बिहानीमा  !!

मुक्तक ४
जस्ले जस्तो गर्छन उस्ले अरुवाट त्यस्तै खोज्छन्!
सिकेर आए जसरी उस्ले पनि त्यस्तै बोली बोल्छन्  !!
अरुको मालिस गर्नेले खोज्छन आफूले मालिस,
अरुको पिछलग्गु छ जो उसैले बढि खोक्छन्  !!

रबिन्द्र आशिष् शैली
बनेपा, काभ्रे
हाल कोटेश्वर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend