logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तक


  • जन आकाश
  • आइतबार, मंसिर २८ २०७७

मुक्तक १
मनबाटै गरेर बल, हिलोमा पस्नुपर्छ,
नपसि भईन्न सफल, हिलोमा पस्नुपर्छ,
अरुले टप्प टिपि, ल्याएर कहाँ दिन्छ र,
पाउनलाई सुन्दर कमल, हिलोमा पस्नुपर्छ ।



मुक्तक २
बाँच्नु रहर थियो, कर भयो, त्यति मात्र हो,
यो मनमटु, दुबै पत्थर भयो, त्यति मात्र हो,
तिमिले छोडेर गएपनि, चलेकै छ जिन्दगी,
पहिले नदी थियो, बगर भयो, त्यति मात्र हो ।

मुक्तक ३
आफ्नो पराई केही नभनि, साथी बनेका छन्
समानताको अनुयायी बनि, साथी बनेका छन्
बिभेदमा विश्वास गर्नेहरुले, खै किन बुझ्दैनन् रु
यहाँ विचार नै नमिल्नेहरु पनि, साथी बनेका छन् ।

मुक्तक ४
झार्छु भन्दै उसैको सेखी, कुरा काट्दै हिँड्छ,
दुनियाँलाई मेसेज लेखी, कुरा काट्दै हिँड्छ,
बोलिन्जेलसम्म अभिन्न अँग, झैँ भएको मित्र,
बोल्न छोडेकै दिन देखि, कुरा काट्दै हिँड्छ ।

किरण महत
मकवानपुर

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend