logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • आइतबार, मंसिर २८ २०७७

मुक्तक १
तकियाको उन पनि तिम्रो वदन लाग्न थाल्यो
छुट्टिएको धेरै भयो मनमा रहर जाग्न थाल्यो
झट्टै आउनु प्यारा तिमी प्रेमको भोक धेरै लाछ
तिम्रो चिम्टी सिंदुरले सिमारेखा नाग्न थाल्यो ।



मुक्तक २
कँडालीमा फूल टम्म लाग्नु भयो कता हजुर रु
बास्ना मलाई दिनुस् भन्दा भाग्नु भयो कता हजुर ?
त्यो दिल उडि गयो कता रु भमरा त मनै थिएँ
यो मुटुलाई फड्कामारी नाघ्नु भयो कता हजुर  ?

मुक्तक ३
प्रात स्नान सकाएर नित्य ध्यान गर्दै थिएँ
मनलाई सन्त पार्न भनि दुई चार ज्ञान भर्दै थिएँ
दिब्य ज्योति बनि आयौ, माफी मागें भगवान् लाई
साबुन तिमी बनिरहेऊ म पानी भइ झर्दै थिएँ ।

मुक्तक ४
दुईटा मिठो शब्द बोल्छु तिमी त्यसै गलिदिन्छ्यौ
ढल्काएर आसन दिन्छु तिमी यसै ढलिदिन्छ्यौ
कस्तो कोमल प्यार तिम्रो प्रभातको रवि सरी
म त खाली सासन दिन्छु तिमी जसै बलिदिन्छ्यौ ।

अमृत भट्टराई
मोरङ्ग, हाल
काठमाडौं

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend