logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तक


  • जन आकाश
  • आइतबार, मंसिर २८ २०७७

मुक्तक १
म काँडा हुँ फुलको थुङ्गा बनाउन नखोज
आफू यात्री मलाई डुङ्गा बनाउन नखोज
भैगो सजिनु छैन तिम्रो मनको मन्दिरमा
म मान्छे नै ठिक छु ढुङ्गा बनाउन नखोज



मुक्तक २
उनलाई कुर्दा कुर्दै मेरो जवानी सकियो
प्रेममा गरेको चोखो मायाको लगानी सकियो
उनी मेरो जीवनमा आउँन नपाउँदै बिदा भईन
सोचेँ बिचमै नायक मर्यो कहानी सकियो

मुक्तक ३
उसले आफू भित्र एउटा यस्तो रोग पाल्यो
भएको जग्गा जमिन सम्पत्ति सबै फाल्यो
आमा मर्दा समेत घाट जाने फुर्सद भएन
जब उसले जुवा तास र रक्सीमा हात हाल्यो

मुक्तक ४
हराएको मुटुको सुचना दिन अखबार खोजी रहेछु
उनलाई भुल्नैकै लागि मैले छुट्टै संसार खोजी रहेछ
अतितका यादहरुको यतिका धेरै छन नि मसङ्ग
त्यही यादहरुको व्यापार गर्न बजार खोजी रहेछु

विशाल तिवारू
गल्कोट १०,
बाग्लुङ

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend