logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

जुलुसलाई कोरोनाले छेक्दैन गरिबलाई छेक्छ


  • जन आकाश
  • मंगलबार, मंसिर ३० २०७७

नेपालमा कोरोनाको हल्ला फिजाउन र नेपालको अर्थतन्त्र ध्वस्त बनाउन कोरोनाको महामारी फैलियो यो सरकार के हेरेर बसेको छ । भनेर बिरोध र लकडाउन लगाउन प्रेरित गर्ने त्यही नेपाली कांग्रेसले नै कोरोनाको त्रास उल्लघन गरेको छ । नेपाली कांग्रेसले सरकारको विरुद्ध प्रदर्शन नाम दिएको जुलुस हिजो काठमाडौ लगायत केही जिल्लाहरुमा भिडमभाड र्गदै निस्किएको छ । जुलुसमा हजारौ हजारको संख्यामा मानिसहरु ठेलमठेल गरेर सहभागी भएका थिए । नाराहरु पनि लगाएका थिए । त्यो हजारौ हजार जम्मा भएका मानिसहरुमा कसैमा पनि कोरोना थिएन होला कस्ले भन्न सक्छ !



यो भन्दा अगाडी पनि नागरिक आन्दोलनको नाममा त्यसैगरी मानिसहरु जुलुसमा सहभागी भएका थिए । नेपालमा केपी शर्मा ओलीको सरकारले भारतले नेपालको भुमि समेटेर नक्सा सार्वजानिक भएपछि अनेक खालका आन्दोलनको रुपरेखा देखा परेका छन् । फगत नेपाललाई अस्थिरतामा धकेल्ने र केपी शर्मा ओलीको सरकार ढाल्ने अनि भारतीय योजनामा सरकार बनाउने जस्ता खेलमा लागेका राजनीतिक पार्टीलाई न त कोरोनाको डरले छेक्छ नत नेपालको कानुनले नै बाद्छ ÷ रोक्छ त केवल गरीखाने जनतालाई कोरोनाको डर,त्रास फैलाएर हिड्न, डुल्न, काम गर्न जान भने रोकेको छ ।

सर्वसाधरणले प्रयोग गर्ने सार्वजानिक यातायात अहिले पनि जोर बिजोर लगाएको छ । कालो बजारी गर्नेहरुले किसानले खेत बारीमा प्रयोग गर्ने मल बजारमा किन्न जादा कोरोनाको कारण मल आएन भनेर कालो बजारी गर्न पाएका छन् । जो निम्न बर्गीय किसान मलको अभावमा खेत बाजो राख्न बाध्य छन् ।

सामान्य मजदुरी गरेर बिहान बेलुका छाक टार्ने मजदुरहरु एकठाउँवाट अर्कोठाउँ जान सार्वजानिक यातायात नपाएर भोकै घाम तापेर दिन बिताउन बाध्य छन् । सार्वजानिक यातायात चालकहरु सहचालकहरु कोरोना फैलने नाममा गाडी थन्काएर भोकै बसेर घाम ताप्न बाध्य छन् ।

उधोगहरु कोरोना फैलने नाममा बन्द गराएर मजदुरहरुले कमाएर परिवार पाल्ने मजदुरहरुको दैनिकी कष्टकर छ । बजारमा पाईने सामानहरु कोरोनाको कारण आएको छैन भन्दै सतप्रतिशतसम्म बृद्धि गरेर काला बजारी गर्नेहरुलाई कोरोना लागेको छैन ।
तर बास्तविक गरिखाने बर्गलाई कोरोनाको त्रास फैलाएर मर्नु न बाच्नुको बनाएको छ । कालगतिले मरेकालाई कोरोना लागेको भनेर हल्ला फैलाउने र देशको अर्थतन्त्र ध्वस्त पारेर देशलाई ढुङगे युगमा फर्काउने योजनामा लागेका पार्टीहरुको द्धयद्र चरित्रले नेपालको भविष्य अन्धकार तर्फ धकेलिदै छ ।

त्यो किनभने कोरोना त सरकारले केही आफ्ना कार्यकर्ताले खोलेका मिडियामा बिज्ञापन बजाएर प्रकाशन गरेर प्रचार गरेको सुचना सुनेर घरमै बस्नेलाई लाग्दो रहेछ । सडकमा उफ्रने पार्टीहरु, जुलुसमा सहभागी हुने प्रदर्शनकारीहरु, काला बजारी गर्न रातारात सामान ओसार प्रसार गर्ने काला बजारी वालाहरुलाई नलाग्दो रहेछ ।

यो हाम्रो देशमा बिभिन्न बाहानामा नेपाललाई परनिर्भर पार्न र नेपालको अस्तित्व समाप्त पार्न बिदेशी शक्तिहरुको चलखेलको निरन्तरता भईरहेको देखिन्छ ।

नेपाल देश र नेपाली जनताको पक्षमा हुनपर्ने कामहरु किन हुदैनन् । धर्मको नाममा करोडौ अरबौ खर्च गर्न क्षमता राख्नेहरुले लाखौ लाख मानिसलाई रोजगार दिन सक्ने र नेपालको अर्थतन्त्र धान्न सक्ने उधोग किन खोल्दैनन् ।

जुलुस र नारा लगाउन करडौ खर्च गर्ने पैशा बिगतदेखि अहिलेसम्म काहावाट आउदैछन् । नेपालमा हुने परिवर्तन र क्रान्तिपछि किन बिकास भएका छैनन् । यो प्रश्न नेपली जनताले अव सोध्ने बेला आएको छ । २००७ सालमा प्रजातन्त्र आएको समयदेखि अहिलेसम्म हिसाव गर्दा ७० बर्षमा के परिवर्तन भयो कसले नेतृत्व गदैछन् ? भारतमा स्थापना गरेर पठाएका पार्टीहरुको अन्त्य कहिले हुन्छ ? यो पनि खोजिको बिषय भएको छ ?

नेपालमा कोशी सम्झौता, गण्डक सम्झौता, माहाकाली सम्झौता कस्का पालमा भए ? नेपलका उधोग कलकारखाना बन्द गराउन कुन कुन पार्टीका मजदुर संगठनका नामवाट उधोगहरु बन्द गराए ? ति उधोगहरु बन्द गराउदा को को प्रधानमन्त्री थिए ? राणा साशनको बिरोध गर्ने पार्टीहरुले राणा साशनको भन्दा राम्रो एउटा भवन अहिलेसम्म किन बनाउन सकेनन् ? राणाकालमा बिदेशलाई खाद्यन्न निर्यात गर्ने देश नेपालले अहिले बार्षिक ७० अर्बभन्दा बढीको खाद्यन्न आयात गरेर खानु परेको छ । यो क कसको कारणले भएको भएको हो ? नेपाली जनताले खोज्ने बेला आएको छ ।

नेपालको सम्भावना बोकेका अयोजनाहरु जस्तै पश्चिम सेती, बुढी गण्डकी, माहाकाली, नारायणी, कोशी जस्ता ठु्ला जलभण्डरवाट बनाउने आयोजनाहरुको किन कुनै काम भएका छैनन् । साना सना झारा टार्नका लागि बनाउदै गरेका आयोजनारु तोकेको समयमा किन पुरा हुदैनन् ? नेपालको पुर्व– पश्चिम , उत्तर –दक्षिण जोड्ने सडकमार्ग किन छिटोगरी बनाइदैन । कृषिप्रधान देश भनेर रटान लगाउने तर कुनै सिचाई योजनाहरु छिटोभन्दा छिटो काम हुदैनन् ? नेपलमा भएका खनिज पदार्थहरु किन उत्खनन् गरिदैनन् । यि माथि उल्लेखित कामहरु गर्न छोडेर जुलुस नारा र्गदै हिड्न भने लालायित हुने वातावरण कस्को योजनामा बनाइएको छ । र त्यो योजनामा हामी नजानिदो तरिकाले फस्दै छौ ।

स्वर्गको संसार जस्ते रहेको नेपाल देश जाहा सुन्दर प्राकृतिक अनेक खालका बनजङगल, सानादेखि ठुला नदीहरु, अनेक खालका पाहाडहरु, बिश्वको अग्लो सगरमाथा हिमाल लगायत भएको देश मेहनती नेपाली बसोवास गर्ने राष्ट्रमा धिनलाग्दो राजनीति, डरलाग्दो हिंसा, रिसउठाउने ब्यवस्थापनले नेपाली जनता र देशको हितमा काम गरेको छैन । कोरोनाको सवालमा त्यही रिस उठाउने खालको ब्यवस्थापनले नेपलीहरुको राष्ट्रिय अस्तित्वको भविष्यलाई समेत धारासायी बनाईरहेको छ । यो बातारण निर्माण गर्नमा नेपालमा अस्तित्वमा रहेका ठुला भनिएका राजनीतिक पार्टीहरुको भुमिका धेर थोर सवैको छ ।

त्यसकारण नेपालका नेपालीहरुले नेपालको भविष्य र नेपालीहरुको उन्नति चाहाने हो भने बिदेशवाट र्निदेर्शित शासन होइन नेपालीको मनभित्रवाट आएको योजना जो जसले नेपालको २० बर्षे दिगो बिकासको योजना सार्वजानिक गर्न सकोस त्यस खालका योजनाकार नेपालीहरुको प्रतिस्पर्धामा भाग लिएर पत्यारिलो आधार तयार गर्न सक्ने नेतृत्व स्वतन्त्र नागरिकहरुवाट खोजिनुपर्छ कुनै राजनीतिक पार्टीमा रहेछ भने पनि उसले राजनीतिक पार्टी परित्याग गरेर नेपालको नेतृत्व गर्नुपर्छ अनि मात्र नेपालका पुर्खले रगत र पसिना बगाएर संक्षित गरिराखेको राष्ट्रको प्रतिष्ठालाई पुनः फकाउन सक्छौ ।

यो कुनै पार्टी ब्यक्तिलाई लक्षित गरेर लेखिएको होईन प्रबृतिको बिरोध गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend