logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

संवैधानिक परिषद‍्को बैठकमा कांग्रेस सभापति उपस्थित


  • जन आकाश
  • मंगलबार, मंसिर ३० २०७७

काठमाडौ । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । संवैधानिक आयोगहरुमा नियुक्ति गर्ने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राखेका हुन् ।



सो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा सभागी भएका छन् भने सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएका छन् । बिभिन्न मिडियाहरुमा देउवा संवैधानिक बैठकमा उपस्थित नहुने भनेर प्रचारसमेत गरिएको थियो । तर देशको परिस्थितिको मध्यनजर गरेर कांगे्रस पार्टीले सरकारसँग छलफल गदै आएको छ ।

परिषद् सदस्य समेत रहेका सभामुख सापकोटा उपस्थित नहुनुले नेकपा –नेकपा भित्रको सर्घषको रुपमा लिएका छन् । सभामुख पुर्व माओवादी पार्टीवाट संसद, मन्त्री, सभामुख भएका हुन् ।

गत भदौ २६ गतेको स्थायी समिति बैठकले राजनीतिक तथा संवैधानिक नियुक्ति गर्दा आवश्यकताअनुसार पार्टीमा समेत छलफल गरेर मात्रै गर्ने निर्णय गरेको थियो ।

संवैधानिक निकायका अध्यक्ष र सदस्य गरी झण्डै ४५ पद रिक्त छन् । ती पदमा प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सहमति जुटाएर नियुक्तिको तयारी गरेका छन् ।

परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । यसअघि मंसिर २८ गते बोलाइएको परिषद् बैठक पनि गणपूरक संख्या नपुगेर स्थगित भएको थियो ।

नेपालमा बहुदलको अभ्यास भएसँगै राजनीतिक भागबण्डाले नेपालको साखः गिराउदै लगेको छ । यो पनि त्यस्तै भईरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend