logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालको राजनीतिको तरङग परसम्म फैलिदै

अवको आन्दोलन नेपालको बिउवाट उम्रेको हुनुपर्छ


  • जन आकाश
  • सोमबार, पुष ६ २०७७

मोहन कार्की ।



काठमाडौं । २०७७ साल पौष ५ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने गरी आउदो बैशाखमा आम निर्वाचनमा जानलाई गरेको प्रस्ताव राष्ट्रिपति बिद्यादेवी भण्डारीद्धारा सिफारिस भएपछि नेपालका चोक चोकमा पार्टीको जानेर वा नजानेर गफ चुटेर बस्ने राजनीतिक पार्टीका अल्छी नेता कार्यकर्ताले काम पाएका छन् केहीदिनका लागि, देशका निर्वाचित भएर आएका प्रधानमन्त्रीलाई गाली गर्न, त्यो अभियाँनमा ति राजनीतिक झोला बोकेका कार्यकर्ता मात्र होइन । नेपालका बुद्धिजीवि भनिने पढे लेखेकाहरुले समेत नेपालका प्रधानमन्त्रीलाई तुच्छ शब्द प्रयोग गरिरहेका छन् । अर्थशास्त्रि भनाउदाहरु समेत नेपालको अर्थतन्त्र बर्बाद भो भनेर चिच्याईरहेका छन् । नेपालको भलो नचाहने नेपाललाई सधै अस्थिरता भएको देख्न चाहाने अस्थिरतामा धकेल्न योजना नै बनाउने बिदेशी शक्ति त यो खेलमा लाग्ने नै भयो ।

नेपालको राजनीतिमा हुनपर्ने अभ्याश कहिल्यै नगर्ने राजनीतिक पार्टीहरुले नगर्नुपर्ने अभ्याशहरु गरिरहने परिपाटीको निरन्तरता र नजिरले यस्ता घटनाहरु नेपालमा घटिरहेका छन् । नेपालका नेपालीहरुले परिवर्तनको नाममा गरेका अभ्याशहरु नेपाल देशको हितमा कहिल्यै रहनेछन् भन्ने बिस्तारै नेपालीले बुझ्दै छन् । २००७ देखि अहिलेसम्म आईपुग्दा नेपालले आफ्नो आत्मनिर्भरता गुमाईसकेको छ ।
त्यो गुमाउनुको कारण अरु केही नभएर राष्ट्रको नाममा बिदेशमा खोलिएका पार्टीहरुले बिदेशी निर्देशनमा काम गर्ने आफ्नोपन केही नहुने र आयतीत आन्दोलनहरु भईरहने बिदेशी शक्ति जो नेपालमा सधै अस्थिरता गराईराख्न चाहान्छ । त्यो शक्तिको चाहाना अनुसार नेपालमा परिवर्तनको नाममा नेपाली नागरिकहरुलाई लडाएर, भिडाएर, बिरोध मात्र गरिरहने प्रजातन्त्रको नाममा अनुसाशित कोहि नहुनु पर्ने जस्ता अभ्याश गराउदै र संसदीय प्रणालीमा समेत आर्दश,निष्ठावान, अध्ययनशील, योजनाकारहरु देशमा देखिए भने बिदेशीले दिएको निर्देशनमा त्यस्ता देशभक्त असल ब्यतिmत्वहरुलाई केही बहाना बनाएर जेल हाल्ने तर कहिल्यै अवसवर नदिने त्यो भन्दा ठिक बिपरित अबैध क्षेत्रमा लागेका तस्कर, डाका, गुण्डाहरु परिचालन गरि जनता लुटेका पैसाले आलिसान जिवन जिउने र चुनावको बेला २÷४ दिनलाई हुल हुज्जत रक्सी, जाड, मासु,भोज भत्तेर गर्दै घर घरमा पुगेर राति राति पैसा बाढेर बिदेशीको पैशा लिने नेताहरुको बाहुल्यता पु¥याउने अभ्याश नेपालमा भएको छ । त्यसैको असर नेपालमा यतिवेला छर्लङग देखिएको हो । जस्तै कुनै बोल्ड डिसिजन लिनुप¥यो भने आफ्नो नाम हस्तक्षर गर्न नआउनेहरुको संसदीय समिति, उपसमिति जस्ता कागजका समितिको वरिपरि योजना घुमिरहेर देशको बिकास बन्धक बनिरहेको हुन्छ ।

यतिवेलाको लडाई देख्दा संवैधानिक ब्यवस्थाभन्दा बाहिर र बुद्धिजीवि, पत्रकार भनाउदाहरुको बुझाईभन्दा बाहिर, अर्थशस्त्रिको भनाई भन्दा बाहिर, अन्तराष्ट्रिय जो नेपाल बिरोधि शक्तिहरु भन्दा बाहिर देखिएपनि नेपाल देशको पक्षमा छ । नेपालको भुमि भारतले उसको आफ्नो नक्सामा समेटेर सार्वजनिका गरेपछि नेपालमा भएका सृखलाबद्ध घटनाहरु अध्ययन गनै पर्दछ ।

देशको पक्षमा नालापानी युद्ध लडेका बीरुपुर्खका सन्तान नेपालीहरु भारतले नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरा समेटेको बिषयमा समाचार सार्वजनिक भएपछि एकढिक्का भएका नेपालीहरुले नेपाल र भारतको सीमा विवाद अन्तराष्ट्रियकरण गर्न दवाव दिईरहेका बेला नेपाली जनताको प्रतिनिधित्व गदै नेपालको भुमि समेटिएको नक्सा सार्वजनिक गरेका प्रधानमन्त्रीलाई सोही दिनवाट अर्का अध्यक्ष भनिएका प्रचण्डले केही दिनपछि नेपाल भारतको सीमा विवाद अन्तराष्ट्रिय करण गर्नुहुदैन भन्ने अभिब्यक्ति दिएका थिए । जुन शब्दले नेपालीहरुको एकता राष्ट्रिय दृढतामा बिखण्डित गर्छ । बिदेशीलाई खुशी पारेर नेपालका नेताहरुले गरेको बिगतकै अभ्याशले राष्ट्रको स्वतन्त्रता गुमाउदै आएको नेपालले यस्ता थुप्रै नगर्नुपर्ने अभ्याशहरु गरेर कोशी, गण्डकी, माहाकाली, सम्झौताहरु गरिसकेर परिवर्तनको नाममा गुमाईसकेको छ ।

त्यो भन्दा फरक शैलीमा जंङग बहादुुरको ईतिहाँसलाई ब्युझाउने गरि राष्ट्रियताको सवालमा उभिएका प्रधानमन्त्री साथै राष्ट्रवादीहरुको साथ पाईरहेका प्रधानमन्त्रीलाई फाल्न नेकपा–नेकपा पार्टीमा अल्पमतमा पारेर फाल्न भारतीय योजनामा भईरहेको खेल बुझ्न जो कसैलाई कठिन थिएन ।

तै पनि गोलभेडा समेत अर्काको देशवाट किनेर खानुपर्ने भईसकेका, बनाईसकेका हामीहरुलाई परनिर्भताको पराकाष्टको रुपमा नेपालको शक्तिकेन्द्रमा रहेका नेता, ब्यापारीले, ठेकदारले गरिबीको फाईदा उठाउदै चारो छर्किएर उनिहरुकै वरिपरि नै घुमिरहनु पर्ने बनाएका कारण असत्य कुरालाई थाहा पाउदा पाउदै पनि वरिपरि बस्दा खेरी चिक्त नबुझेपनि अ. अ. ह. ह. भनि दिनुपर्ने बध्यताहरुले नेपालको राजनीति त्यसैको सिकार बनिरहेको छ । कार्यकर्ता पनि सायद त्यस्तै होलान् ।

यतिवेला नेपालको राजनीति शक्ति सर्घष नेपालको चलखेल भन्दा बाहिरवाट हुन लाग्दैछ । बिश्वका शक्तिसाली चीन, अमेरिकाले समेत बोल्न थालिसकेका छन् । यो नेपालको लागि अभिसाप सिद्ध हो । बिगतमा नेपालको राणाशासन फाल्न भनेर गरिएको भारतको भुमिमा बसेर भारतको सहयोग लिएको अभ्याशले देशलाई राणाहरुले खोलेका उधोग कलकारखाना समेत बन्द गरायो । २०४६ सालको भारतीय सहयोगमा गरिएको आन्दोलनले नेपालमा अर्को माओवादीको जन्म गरायो भन्ने बेलामा भारतीय विस्तरवाद मुर्दावाद नारा माओवादीका थिए । तर उल्टै भारतमा आस्रय लिई भारतमा बनेका हत्तियार किनेर ल्याएर नेपाली दाजुभाई मार्ने मराउने काम भयो । त्यो माओवादी जनयुद्ध भनिएको आन्दोलनलाई भारतमा बिसर्जन गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रले नेपालमा अस्थिरता निम्त्याएर त्यतिवेला नै नेपालको अस्तित्व समाप्त पार्ने भारतीय डिजाइन सफल नभएको त भारतीय पुर्व गुप्तचरहरुले लेखेका लेखवाट पनि प्रष्ट भईसकेको छ । यस्ता बिदेशी निर्देशनमा बनेका बनाईएका आन्दोलनले कहिल्यै देशको हितमा हुदैनन् । हुदा रहेनाछन् ।

अहिले नेपालमा राजनीतिक अस्थिरता छ भनेर कुरा उठाएको छ । केही नियोजित तरिकाले प्रचार गरिएको छ । नेपालवाट अन्तराष्ट्रिय समाचार संस्थालाई समाचार पठाउने पत्रकारहरुले गलत समाचार पठाईरहेका छन् । यतिवेला नेपालमा अस्थिरता होईन स्थिरता छ । कुनै दङगा फसाद भएका छैनन् । कुनैपनि आन्दोलनमा दङगा भडकेको छैन । डर त्रास कतै छैन । ढुक्कले मानिसहरु हिड्न डुल्न घुम्न पाएका छन् । पत्रकारले स्वतन्त्र लेख्न, भन्न पाएका छन् । अन्य शासन ब्यवस्था भन्दा सफल छ । लगानी गर्न पाएका छन् । लोडसेडिङको अन्त्य भएको छ ।

बिभिन्न खालका अप्ठ्याराहरु हुदाहुदै पनि बिकास निर्माणका कामहरु भईरहेका छन् । जति हुनुपर्ने नभएका होलान् ।
यस्तो बातावरण भईरहेको बेलामा बुद्धिजीवि भनाउदाहरुले उनिहरुले भनेकै ठाउँमा राजनीतिक नियुक्ति पाईन भन्दैमा राम्रो कमाईहुने ठाउँमा अवसर पाईन भन्दैमा कपोलकल्पित अर्थ लगाउने अर्थशास्त्रिहरु माओवादीले टेलिकमका टावर हान्दा पुल भत्काउदा मान्छे मार्दा अर्थतन्त्र सकिन्छ देश सकिन्छ भनेर किन भन्न सकेनछन् । त्यतिवेला भागेर अमेरिका पुगेकाहरु अहिले देशमा छाएको १३ बर्षको शान्त बातवरणले ल्याएको वातावरणमा नेपाल आएर फेरी देशको बदनाम गरेर अन्तराष्ट्रियस्तरमा भ्रम फैलाउदै छन् । नेपालको बेजत गर्नु गराउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जतिकै हो । बाकी बुद्धिजीवि भनेर पत्रिकामा लेख छापेर फेसबुकमा प्रचार गर्ने आफैले बुझुन् ।

त्यसकारण नेपालका नेपालीले नेपालमुखी आन्दोलन, नेपालको माटोमा उम्रेकोबिउवाट खोलिएको पार्टी वा नेतृत्ववाट मात्र नेपालको हित हुन सक्छ । त्यसैले जुन हौवा र आन्दोलन उठ्यो त्यो नै नेपाल र नेपालीको हुदो रहेनछ । बिगतका त्यस्ता बिकाउवादी र अरुले अराएर गरेको आन्दोलनले नेपालको हित नगरेको अभ्याश सदाका लागि बन्द गराउन असंवैधानिक नै भएपनि अहिलेका प्रधानमन्त्रीले लिएको निर्णय स्वागतयोग्य मान्नुपर्छ र नेपाली जनताले साथ दिनुपर्छ । संवैधानिक बनाउने अधिकार जनतासँग हुन्छ । त्यो जनताले उठाएको नेपालीहरुको एकता राष्ट्रिय अखण्डता र भारतीय बिस्तारवादको बिरुद्ध एक ढिक्का जनता हुन्छन् । त्यो अभियाँनमा अवको आन्दोलन हुनुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend