logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

देशले हार्ने आन्दोलन नहोस


  • जन आकाश
  • मंगलबार, पुष ७ २०७७

संसारमा परिवर्तन अवष्य आवश्यक छ । हुन्छ । र परिवर्तन पछि नै संसारमा बिकास उन्नति प्रगति भएका उदारण पनि छन् । जस्तै नेपालको छिमेकी राष्ट्र चीनले क्रान्त्रिपछि अत्यास लाग्दो बिकास गरेको छ । भने भारतले पनि परिवर्तन पछि केही प्रगति गरेको छ । थुप्रै राष्ट्रहरुले परिवर्तन पछि बिकास गरेका छन् ।



तर कतिपय देशमा परिवर्तनका नाममा भएका र्निदेशित आन्दोलनका कारणहरुले देश बिभाजन भएको पनि उदारण छन् । जस्तै अहिले बिकशित भएको र नेपालीहरुले समेत काम गर्न जान धेरै रुचाएको देश दक्षिण कोरियासमेत परिवर्तनको नाममा बिभाजन भएर बनेको देश हो । एउटै देश परिवर्तनको नाममा केही दशक अगाडी दक्षिण र उत्तर भएका हुन् । उनिहरु कुनैवेलाका एउटै देशका नागरिक अहिले उत्तर कोरिया र दक्षिण कोरिया लेख्छन् । कतिपय दोस्रो बिश्वयुद्धमा एउटै परिवारका मानिस त्यतिवेला उत्तर र दक्षिण गरेर देश बिभाजन गर्ने क्रममा एउटै परिवारका उत्तर तिर पर्ने उत्तर तिर दक्षिणतिर पर्ने दक्षिणतिर परेर पारिवारिक समेत बिछोड भई बेला बेलामा आफन्त मिलान गरेको समाचार सुन्दा, हेर्दा जो कसैलाई मानवीय भावनाले भावह्रील गराउछ । हो यस्तो खतरासमेत हुन्छ । परिवर्तनको नाममा त्यस्ता खालका उदारणहरु अरुपनि छन् । परिवर्तनको नाममा देशले हारेका कम्बोेडिया, सुडान, जस्ता देशको नाम पनि परिवर्तनको नाममा नै बिभाजन भएका मुलुकहरु रहेका छन् । कतिपयमा आजसम्म द्धान्द्ध टुङगिएको छैन । यस्ता द्धान्द्धहरु जव दुईतर्फी अन्तराष्ट्रिय चासो र दवाव हुन्छ त्यस्तो प्रभाव र दवाव हुने देशले नत प्रगति गर्छ नत द्धान्द्धवाट नै मुक्त पाउछ । सधै बम र बारुद्धको धुवामा रुमलिरहेको हुन्छ । त्याहा केवल हत्तियारको कुरा मात्र प्रधान हुन्छ । मानवीयता हुदैन ।

हाम्रो देश नेपाललाई पनि त्यस्तै गराउन खेलिएकोे खेलमध्य को खेल यतिवेला हामीले बुझ्न पाएका छौ । त्यो तितो कोरियाको अनुभाववाट हामी नेपालीले पाठ सिकेको हुनुपर्छ । नेपालमा यतिवेला उत्तर र दक्षिणको प्रभाव जस्तो राजनीतिक रुपमा देखा परिरहेको छ । त्यो प्रभावलाई नेपालीले तोड्नुपर्छ र नेपालको चाहाना अनुसार नेपालीले आफ्नै इच्छा अनुसारको नीति बिचार काम राजनीति गरेर जाने बातावरण बनाउनु पर्छ । अहिलेसम्म जे जस्ता खेलले नेपाललाई सिध्याउन खोजेको भएपनि नेपालीहरुको सुझबुझ र एकतालाई भत्काउन नसकेर नेपाली राष्ट्रियता हारेको छैन । आउदा दिनहरु सभ्य तर्कसंगत र वास्तविकतामा आधारित भएर नेपालमा राजनीति परिवर्तन खोज्नुपर्छ ताकी आन्दोलनको नाममा परिवर्तनको नाममा अस्थिरता निम्त्याएर त्यो समयमा बिदेशीले खेल्दै राष्ट्रको प्रतिष्ठा, स्व्तन्त्रता, अखण्डामा आच नआवस र राष्ट्रले नहारोस नागरिकहरुले नहारुण नयाँ युगको सुरुवात होस मानवीय हितका लागि प्रणालीको बिकास गर्ने आधार पेश गर्न सक्ने सक्षम नेतृत्वले देशको जिम्मेवारी सगालोस सधै भ्रष्टचार, कुथिति, बेतिथि, भनेर रटान लगाएर कराउनेहरुलाई समेत पनि लाज होसकी हामीले तथ्यको आधारमा बोलेका होइनौ रहेछ ।सवै काम सिस्टमा प्रणालीमा आधारित भएर भएको रहेछ । देशमा कस्तो राम्रो प्रणाली बिकास भएछ भन्ने वातावरण निर्माण गर्ने देशको हितमा हुने परिवर्तन नेपालीले खोजेका छन् । यस्तो खालको परिवर्तन खोज्नुपर्छ ।

तर ति परिवर्तन हुन्छन् भनेर मौखिक रुपमा झुक्याउदै आएका पार्टी र प्रणालीले नेपालको बिकास हुन नसकेको सत्य हो । यो झुक्याउने प्रथा जवसम्म रहन्छ देसले बिकासको मुख देख्न पाउदैन । अर्को सभ्य र सालिन भएर बिचारमा आधारित ब्यवहारिक र देशको दिर्धकालीन योजना दिन सक्ने योग्य ब्याक्तिहरुको प्रतिस्पर्धा हुदैन तवसम्म देशमा नागरिकहरुले खोजेको परिवर्तन सम्भव देखिदैन । त्यसकारण परिवर्तनको नाममा जो जो लागेका छन् । उनिहरुको योजना देशले जित्ने छकी छैन ? त्यो हेरेर बुझेर सजग भएर मात्र परिवर्तनको पक्षमा लाग्नुपर्ने देखिन्छ । त्यसो गरिएन भने भोलिका दिनमा नेपालले ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ । आजको युग अधिक उत्पादन, बजारको प्रतिस्पर्धा र अर्थयुद्धमा बिश्व गईरहेको समयमा नेपालले केही उत्पादन नगरी बिदेश बिदेश भनेर नेपालका योग्य बिद्यार्थीहरुलाई अर्काको देशमा पठाएर बृद्धाबृद्धा मात्र देशमा राखेर नारामा मात्र परिवर्तन भनेर देशमा परिवर्तन हुदैन । परिवर्तन हुनलाई योजना तय हुनुपर्छ तय भएको योजना पुरा गर्ने आधारहरु तयार गर्नुपर्छ । आधार तयार गरेपछि काम शुरु गर्नुपर्छं काम गरेपछि लक्ष्य राख्नुपर्छ । लक्ष्यमा पु¥याएपछि मात्रै परिवर्तनको कुरा गर्न मिल्छ । नेपालका नेपालीले खोजेको आधार सहितको परिवर्तन यो हो । तर त्यो आधार सहितको परिवर्तन खोजेका नेपालीलाई सधै झुक्याएको हुनाले प्रतिस्पर्धामा भाग लिएर प्रथम हुने ब्यवहारिक ज्ञान हाशिल गरेको कथा होइन सीप बाड्न सक्ने क्षमता भएको नेतृत्व चाहिएको छ । जुन नेतृत्वले जनताको बिश्वास जितेर देशलाई सधै जिताई राख्न सकोस । हो यस्तो प्रणाली बिकास गर्न सक्ने नेतृत्व नेपाल देशलाई चाहिएको छ । त्यो नेपालभित्रवाट सम्भव छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend