जन आकाश
मोहन कार्की
काठमाडौ । नेपालमा राजनीतिक अस्थिरताको बिउ रोपेको २००७ साललाई मानिन्छ । त्यसपछि म की, ‘ त बन्ने नेतृत्व भन्ने स्वार्थमा नेपालका राजनीतिक पार्टी भन्नेका नेताहरु लाग्ने र त्यसैमा बिदेशी शक्तिले खेल्ने चलन त्यतिवेला देखि नै अभ्यासको रुपमा आएको देखिन्छ ।
त्यो चलन अहिलेसम्म कायम छ । काम गरेर खानुपर्छ मानो पाथी फलाउनुपर्छ । दुखः सुखःमा मिलेर बाडिचुढी खानुपर्छ । राष्ट्रिय रुपमा अपत बिपत पर्दा एक भएर राष्ट्रको पक्षमा उभिनुपर्छ । नालापानी युद्ध लडेका साहासी नेपाली र स्वभिमानमा उभिने कर्मशील नेपालीहरुको बानीलाई बिस्तारै बिदेशी शक्ति जो नेपाललाई दिर्घकालसम्म बिकास नगरोस भन्ने चाहान्छ । तिनिहरुको योजनमा राजनीतिक पार्टीमा आबद्ध कार्यकर्तालाई आईएनजिओ, एनजियो खडा गरेर सवैलाई आकाशको खेतीको सपना देखाएर थुपै्र नेपलीहरुलाई अल्मलाउने र राजनीतिक अधिकारको, जातिय अधिकारको, भाषाको अधिकारको कुरा छरिदिएर मानो रोपेर मुरी फलाउने खेत छोड्दै चौबिसै घण्डा अधिकारको नाममा गफ गरेर बस्ने तर जो दिर्घकालीन आम्दानी दिईरहने खेत, बारी, बाजो राखेर शहरमा बसाई सराई गदै दक्ष जनशक्ति शहरमा थुपार्ने शहरमा महगी अस्त ब्यस्त बनाई सधै अपराधको शहर जस्तो र एकछाक खानाका निम्ति पनि पार्टीको झण्डा बोकेर जुलुसमा हिड्ने बनाउने र सधै राजनीति नामवाट अस्थिरता बनाई राख्ने र चरम रुपमा आर्थिक अभाव, शहरमा समेत गुजारा चल्न नसक्ने भएपछि बिदेश कामगर्न जानुपर्ने बाध्यता राजनीतिक अस्थिताको कारण भएको हो । त्यही कारणले नेपालीहरु बिदेशमा झण्डै ५० लाँखको हाराहारीमा काम गरिरहेका छन् । गाउमा स–सना नानी बाबुहरु र ज्येष्ठ नागरिकहरु मात्र रहेका छन् । गाउँ नै गाउँले भरिएको नेपालमा गाउँमा सक्रिय क्रियाशिल जनशक्ति नहुदा गाउँ गाउँका उब्जनी हुने खेत, बारीहरु बाजो भएका हुन् ।
नेपालमा राणाकालीन राज्य ब्यवस्थामा खुलेका उधोग कलकारखाना बहुदल आएपछि नै बन्द गरिएका हुन् । महेन्द्रकालमा खुलेका उधोग कलकारखाना पनि बहुदलकालमा नै बन्द गरिएका हुन् । नेपालको सवैभन्दा जेठो उधोग बिराटनगर जुटमिल गणतन्त्र आएपछि बन्द भएको छ । परिवर्तनको नाममा २००७ मा आएको प्रजातन्त्रिक ब्यवस्थाले नै कोशी, गण्डकी, राप्ती नदीहरुको स्वामित्व नेपालको अधिकारवाट खोसिएका छन् । ति नेपालको खोसिएका अधिकारहरु पुनः नेपाल स्थिर शासनमा गयो । नेपालको नेपालमा भएका स्रोत साधन सम्भावना बोकेका क्षेत्रलाई पहिचान गरेर छिटो बिकास ग¥यो भने नेपाल पनि बिकसित र देश सानो भएपनि कोरिया, इज¥याल जस्तो शक्तिसाली हुनसक्छ भन्ने बुझेर नै नेपालको अधिकार जलस्रोतको अधिकार खोसेको, भुमिमाथि हैकम जमाईराखेको पक्षले नेपलमा अधिकारको कागजको खोस्टा बनाएर नेपालीले नेपालीलाई मार्ने मराउने र हत्तियार उसैले दिने र्गदै आएको देखिन्छ । घटनाले त्यस्तै देखाउछन् ।
एउटा पक्षलाई उचालेर आन्दोलनमा लगाउने त्यसलाई उसैको रोहबरमा सम्झौता गराउने त्यो पक्ष सरकारमा जान नपाउदै अर्को पक्षलाई बिरोध गर्न उसैले उचाल्ने पार्टीको नेता बनाईदिने उसैलाई अवैध पैशा स्रोत साधन उपलब्ध गराईदिने र त्यो स्रोत साधन प्रयोग गरेर रातरात छोटो समयमा नेपालमा अर्को अबैध शक्ति निर्माण हुने त्यो अबैधलाई नेपाली जनताको चाहना नहुदा नहुदै पनि बैध राजनीतिक शक्ति मान्नुपर्ने चलनको जातोमा नेपाल देश र नेपाली जनता पिसिदै आउनु परेको छ । त्यसको असरले नेपालमा ठुला लगानीका निजी उधोग खोल्न सकेका छैनन् । बिदेशी लगानी नगन्ने मात्रमा छ । थोरै जनसंख्या अथाहा भुगोल र प्राकृतिक स्रोत साधन भएको नेपालमा ति स्रोत साधन प्रयोग गरेर नेपालीहरुलाई ठुला ठुला उधोग कलकारखाना खोलेर रोजगार दिनुको अलवा बिदेशीलाई समेत नेपालमा रोजगार दिनसक्ने क्षमता सम्भावना भएको नेपाल आज नेपालीहरुले बिदेशमा गएर काम गर्नुपर्ने बाध्यता छ ।
राजनीतिक पार्टीहरुले परिवर्तनको नाममा कागजमा योजना बनाएपनि त्यो योजनाको कागजको पानामा खोस्टासरी कतै दराजमा थन्किएर बसेको हुन्छ । नेपालीलाई नेपाल देशभित्रै रोजगार सृर्जना गर्नसक्ने धेरै सम्भावना हुदाहुदै पनि त्यो कहिल्यै कसैले गरेका छैनन् । गदैनन् त्यो नगर्नुको कारण छोटो समयमा अरुले अराएको अरुले स्रोत साधन प्रयोग गरेर पार्टी बनाईदिएकाहरुले नेपाल देशको हितमा काम गदैनन् त्यही नेपालमा भएको हो ।
अहिले पछिल्लो समय पनि त्यस्तै अस्थिरताको बिउ रोपिएको छ । नेपालको भुमि भारतले उसको नक्सामा समेटेर प्रकाशन गरेपछि नेपालका नेपालीहरुले नालापानी युद्धको ईतिहाँस ब्युझाउने गरी राष्ट्रिय एकता सवै नेपाली एकढिक्का भएका थिए । त्यसको सन्देश बिश्वमा बीर गोर्खालीका सन्तान उठेको भान गराएको थियो । तर युग त्यतिवेलाको थिइएन । नेपालीलाई परनिर्भर बनाउने योजना ७० बर्ष अगाडी नै बनाई सकेर फसाई सकेको र आर्थिक रुपमा कमजोर चेतनाको रुपमा शक्तिको आडमा सरकार चलाउने गिराउने थिति बसाइसकेको हुनाले नेपालीहरुको राष्ट्रिय एकतामा बिभाजन ल्याउन खेलिएको खेलमा राजनीतिक पार्टीका नेताहरु लागेपछि नेपालीहरुमा बिभाजन आएको छ । नेपालको भारतले हड्पेको भुभाग फिर्ता गर्ने बिषयको मुद्दा ओझेलमा परेको छ ।
काठमाण्डौ उपत्यका लगायत अन्य शहरहरुमा ठुला ठुला जुलुस धर्ना हुन थालेका छन् । यतिधेरै मानिसहरु जम्मा भएर जुलुस धर्ना अरुलाई गाली गर्न प्रयोग हुने शक्ति गाउँ गाउँमा बाजो बनेर सक्रिय जनशक्तिको अभावमा सिरु उम्रेर बसेका बारी खन्न लगाए नेपालको आत्मनिर्भर त्यहीवाट शुरु गर्न सकिन्थ्यो होला सधै राजनीतिको नाममा सदस्यता बाडेर देशभरीका कामगरी खाने जनतालाई भाषण सुनाएर बरालेर मागिखाने बनाउने र पार्टीका नेतृत्व गर्नेहरुको मात्रै होटल, बैक, उधोग, चारपाच रोपनी क्षेत्रफलमा घर बगला, २ करोड सम्मका निजी प्राडो चढेर कार्यकर्ताहरुलाई दास बनाउने चलन के बिदेशीले बनाई दिएको योजनामा यिनिहरुले नेपालमा लागु गरेका हुन् । त्यसकारणले नेपालमा परिवर्तनको नाममा नेपालको बिकास नभएको मान्न सकिन्छ ।
अहिलेको परिस्थितिलाई पर्ख र हेरको अवस्थामा जनता ।
नेपालमा उठेका परिवर्तनका नामका आन्दोलन कहिल्यै नेपाल देश र नेपाली जनताको हितमा भएनन् । त्यसकारण यतिवेला देखिएको नेपालको अस्तब्यस्त जस्तो देखिएको पार्टीभित्रको विवाद कार्यकर्ताको मुक्कामुर्गी र सडकमा गएर हामी याहा छौ भन्दै छातीमा टासेर देखाएको पोष्टरले हिजोका दिनमा जस्तो जनताले आज नै पत्याउने दिन छैन । यो नेकपा भित्रको कुरा भयो । अर्को समाजवादी जनता पार्टी भन्नेले पनि आन्दोलन गर्ने नाममा जुलुस निकालेको देखिएको छ । जसमा १० बर्षसम्म युद्धको नाममा १७ हजार मानिसको हत्यामा संलग्न डा. बाबुराम भट्टराई र तराईमा जतिय हिंसा मच्चाउने उपेन्द्र यादव जस्ता नेताले नेतृत्व गरेको पार्टी हो ।
अर्को नेपाली कांग्रेस जुन पार्टीले लोकतन्त्रको कुरा गदै आएको छ । काग्रेसले पनि आन्दोलन गदै आएको छ । जुन पार्टीको नेतृत्वमा सरकार भएको बेला दुईपटक संसद बिघटन भएको ईतिहाँस छ । एउटा संसद बिघटन गर्ने सभापति स्वर्गीय गिरीजा प्रसाद कोईराला हुन् भने अर्को हालका पार्टी सभापति सेरबहादुर देउवा नै हुन् ।
त्योभन्दा फरक पार्टी नभनिएको तर पार्टी जतिकै मानिस उतारिहरेको नागरिक आन्दोलन परिचालन नाम दिएको समुह जसले नेपाली राष्ट्रिय झण्डा बोकेर ठुलो संख्यामा राजतन्त्रको माग गर्दै आन्दोलन गरिरहेको छ ।
अरु थुप्रै खालका भुरे, टाकुरेहरुको आन्दोलन पनि बेला बेलामा माईतीघर र रत्नपार्कको शान्तिवाटिकामा देखिन्छ ।
यसको मुल निचोड हो देशमा अस्थिरता निम्तिदै छ ।
यि ठुला साना पार्टी, वा नागरिक समाज जो जो जता भएपनि नेपाली नागरिक हुन् । कतिले जानेर गरेका होलान् । कति अराइएका होलान् । कतिपय नेपलमा बिकासको सपना देखेर पनि लागेका होलान् । परिवर्तन आफ्नै पालमा सम्भव हुन्छ भनेर तर बिषय त्यो मात्रै होईन । परिवर्तन पछि बिकास भएका उदारण नेपालले कहिल्यै पाएन । त्यो नपाउनको कारण नेपालले नेपालमा फलाएको बिउ नेपालमा रोपिएन । त्यसकारण नेपालको पक्षमा कुनै पनि परिवर्तनले काम गरेन । बिगतका आन्दोलन कोही भारतीय नेपालमा आएर हामरे आन्दोलन आगे बढे बढे हे नै रोकिङगे जस्ता नाराहरु लगाएर २०४६ ल्याइएको र २०६२ दिल्ली सम्झौता गरेर ल्याईएको थियो । त्यो हेर्दा माओवादी युद्धमा नेपालीले नेपालीलाई मार्न त्यतैको सहयोग रहेछ । भन्ने देखिए जस्तै अहिलेको आन्दोलन पनि नेपालको पक्षमा होकी होइन ? नेपालका वास्तविक राष्ट्रवादी धार त्यसमा छकी छैन ? अनुभवी, दक्ष, सक्षम खालका नेतृत्व त्याहा छन्की छैनन् ? यो नागरिक आन्दोलनको हकका मात्र जनताले हेरिरहेका छन् । नेपाललाई दिर्घकालीन रुपमा बिकास गर्ने पत्यारिलो आधार त्यो नेतृत्वमा छकी छैन ? नेपाल बिकास गर्ने राजनीतिक निष्ठा, त्यागी, आर्दशवान, योजना बनाउन सक्ने मात्रले नेतृत्वकोमा भाग लिन पाउने भाग लिएकाहरुले प्रतिस्पर्धा गर्ने प्रतिस्पर्धाको पनि प्रतिस्पर्धा गराएर उत्कृष्ट योजना र ब्यवहारिक आधारहरु भएको नेतृत्व नम्बरिकको आधारमा नेतृत्व स्थापित गर्ने योजना छकी छैन ?
यो बिश्वसनीय आधार नदेखाएसम्म नेपाली सर्वसाधारण जनताले साथ दिने अवस्था देखिदैन ।
आन्दोलन भईरहलान् । देशमा अस्थिरता भईरहला तर देशलाई बिकास गर्न सक्ने, नेपालको लोकल बिउ होकी होईन यो नछुट्याई नेपाली जनताले बिश्वास गर्ने छैनन् । परिवर्तनको नाममा अलि अलि शान्ति भएको नेपालमा फेरी अस्थिरतामा धकेलेर नेपालको आर्थिक, राजनैतिक, सांस्कृतिक, भाषिक सवै कमजोर बनाउने बिदेशी योजनामा कतै यो आन्दोलनले काम त गरेको छैन ? यो प्रश्नको उत्तर प्रष्टसँग जनतालाई आधार सहित ब्यख्या गर्नसक्ने क्षमता भएको नेतृत्व आयो भने नेपाले खोजेको यो परिवर्तन ठिकै हुनसक्छ । त्यस्तो पत्यारिलो नेतृत्व प्रष्ट नहुनजेल सम्म सर्व साधारण नेपालीले आन्दोलनमा सहभागी हुने देखिदैन । यो चेत सबै बुझेका हौ र राजनीति पार्टीका नेता कार्यकर्ता हौ भन्ने अर्धचेत भएकाहरुले अझै धेरै बुझ्नुपर्छ । किनकी राजनीतिक साना गल्तीहरुले देशको अस्तित्व संकटमा पर्नसक्छ । जसरी सिक्किममा लेण्डुप दोर्जेले अल्प ज्ञानका कारण सिक्किमको स्वतन्त्रता गुमाएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend