जन आकाश
समीर नेपाल
काठमाडौं । सरकारले गरेका बेतिथि, अराजकको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।
सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दैनेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले गरेका छन ।
विरोध सभालाई सम्बोधन गर्दै महतले भने,
नेकपा र ओली सरकारले जनतातिर फर्किएर राष्ट्रियताको कुरा गर्ने,तर भन्नुपर्ने ठाउँमा नभन्ने गरेको बताए ।
यसक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ४ का नेपाली काङ्ग्रेसका युवा नेता तथा सभापति रामप्रसाद न्यौपानेको नेतृत्वमा चण्डोलस्थित विशाल जुलुस मिलन केन्द्रवाट थियो । नेपाली कांग्रेसका कार्यकर्ता तथा सर्वसाधरणहरुको विशेष सहभागिता रहेको थियो। मिलन केन्द्रवाट शुभारम्भ भएको सभा तथा जुलुस महाराजगञ्ज चक्रपथमा पुगेर कोणसभा सहभागी भएको थियो।
जुलुसमा हामी सँग कुरागदै सभापति न्यौपानेले केपी ओलीको सरकारले संविधान माथी उठेर आफ्नो व्यक्तिगत स्वार्थको लागि संविधान माथी नै कु गरेको आरोप लगाएका छन् । देशको संविधान र कानुन भन्दा माथि कोही व्यक्ति हुनै सक्दैन।
जसले गर्दा आज सडकमा आउन बाध्य भएको बताएका छन।
कार्यक्रममा काठमाडौं क्षेत्र नं ५ का १५ वटै इकाई सभापतिहरूको नेतृत्वमा हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
तर नेपाली कांग्रेसको आउदै गरेको महाधिवेशनलाई फाईदा पुग्ने गरी नाराहरु तय गरेको जस्तो देखिन्छ । सभापति सेर बहादुर देउवाको भनाई र वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई भिन्न खालको आएको छ । देउवाको सर्वोच्च अदालतले गरेको निर्णय कांग्रेसलाई मान्य हुने भनेका छन् भने पौडेलले संसद बिघटन असंवैधानिक भनेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend