जन आकाश
नेपाल सरकारको नेतृत्व गरिरहेको पार्टी पक्ति दुई फ्याक भएको छ । एउटा माधव समुह अर्को केपी समुह पार्टी दुई समुह भएको छ । यतिवेला पार्टीको नेतृत्व कसले गर्ने नेकपाको आधिकारिक अध्यक्ष को भन्ने बिषयमा निक्कै चर्चा भईरहेका छन् त्यसको छिनोफानो गर्न बाकी छ । उक्त मुद्दा निर्वाचन आयोगमा बिचाराधिन रहेको छ । निर्वाचन आयोगले छिनोफानो जे गरेपनि पार्टी दुईवटा हुने भएका छन् । भावनात्मक रुपमा फुटिसकेका छन् ।
यो प्रकृतिको घटनाले देशका जनता भने निराशा देखिन्छ । नेपाल अल्पबिकसित मुलुक त्यसमाथि पनि भुपरिबेष्ठित मुलुक त्यति मात्र नभएर हरेक चीज बस्तु आयतित गरेर खाने मुलुक आफ्नो उत्पादन केही नगर्ने सवै आयतीत बस्तु प्रयोग गरेर रमाउने मुलुक यही मुलुकमा अनेक खालका राजनीतिक बितण्डा, राजनीतिक हिंसा जस्ता थुप्रै आताङ ब्यहोरेको मुलुकले केही बर्ष अगाडीवाट मात्रै अलि अलि शान्तिको सास फर्न के पाएको थियो ।
अलि अलि बनिबुथो गर्ने र घर र्गर्जो टार्ने वातावरण बन्दै गरेको थियो । यो समयमा सरकारमा रहेको पार्टीले झनै जनताको मनोवललाई उच्च बनाउने खालका कार्यक्रम दिनुपर्ने वेलामा भागबण्डामा नमिलेको के जाति भनेको जस्तै गरेर जग हसाउने काम भएको छ । देशमा १० बर्षे युद्धले मनोवल गिरेका नेपालीहरुलाई पुनः निराशा तर्फ उन्मुख गराएको छ । यो घटनाले मुलुक र नागरिकको हितमा काम गरेको छैन । चाहे त्यो सरकारको नेतृत्व गरेको ओली पक्ष होस् वा त्याहावाट अलग भएको माधव समुह किन नहोस् यि दुवै समुहको नीजि स्वार्थले देशलाई नोक्सान तिर लगिरहेको छ ।
उनिहरुको नेपाली जनतालाई खुसी बनाउने भन्दा पनि ध्यान अन्तै कतै भएको हुनुपर्छ । त्यसो नहुदो हो त एउटै पार्टीमा झण्डै आधा सतक बसेका नेताहरु एकाएक किन बिभाजनको बाटोमा गए ? प्रश्न उठ्नु स्वभाविक हो । यसले नेपाललाई फाईदा पु¥याउदैन । बरु अन्य कसैलाई भने फाईदा पु¥याउछ । नेपालमा नेपालीलाई फाईदा पु¥याउने कुनै नेतृत्व अहिलेसम्म आएको छैन ।
आउने बिश्वास गरेका जनता पनि अहिले पार्टीहरुको बिभाजन जतिखेर पनि आन्दोलन बिरोध मात्र गरेर बस्ने, चौबिसै घण्टा भाषण गर्न सक्ने तर सिन्को नभाच्ने राजनीतिक पार्टीहरुका नेता कार्यकर्ताहरुलाई सान सौकत चाहिने मिहेनत गर्नु नपर्ने पार्टीको नेताका गई लाइन मिलाएर दुरुपयोग गर्न सक्ने जति सवैं प्रयोग गर्ने गरेर गलत प्रथा दलीय प्रथामा लगेकै कारण देशले उन्नति गर्न सकेको थिएन । बिश्वास गर्ने आधार गुमाएका छन् ।
नेपालले गर्नुपर्ने महत्वपुर्ण कामहरु जस्तै ठुला उधोग, कलकारखाना, ठुला सडकहरु, जलबिधुत आयोजनाहरु बनाउनु पर्ने थियो । त्यो काम गर्न नेपालमा सधै अस्थिरता बनाएर गर्न दिईएन । सकेन । त्यसको फाईदा अहिले अरुले नै लिईरहेका छन् । त्यस्तै फाईदा अरुले लिनको लागि फालिएको पासोमा अहिलेका नेताहरु लागेको जनताले आशंका गर्न थालेका छन् । भलै त्यो सत्य नहोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend