जन आकाश
काठमाण्डौं । नेपालमा अचेल दिनहु जसो सडकमा आन्दोलनका जुलुस धर्ना बिरोधको कार्यक्रम हुन थालेका छन् । सरकार पक्षकै नेकपा नेकपा को पार्टी समेत दुई फ्याकमा बिभाजन भएर सडकमा गएको छ भने अन्य दलहरुको पनि निरन्तर कार्यक्रम हुन थालेका छन् । आज पनि प्रजातन्त्र पार्टी (राप्रपा)को बृह्रत्त कार्यक्रम भनिएको कार्यक्रम यतिवेला रत्नपार्कको शान्तिवाटिमा भईरहेको छ । नेपालमा राजतन्त्रको पुनःस्थापनः र हिन्दु धर्मको माग गदै बिभिन्न ठाउँहरुवाट निस्केको जुलुस अहिले सुन्धारा हुदै शान्तिवाटिकामा पुग्दै छ । राप्रपाका नेताहरुले बिभिन्न ठाउँहरुवाट नेतृत्व गरिरहेका छन् । १३ बर्षमा केही शान्ति छाईरहेको नेपालमा पुनः अस्थिरताको संकेत मिल्ने गरी कार्यत्रमहरु भईरहेको देख्दा नेपाली नागरिकहरु चिन्तित छन् ।
आन्दोलन जो जसले गरेको भएपनि नेपाल र नेपालीले नहार्ने आन्दोलन होओउन् । नेपाल देशलाई अस्थिरतामा मात्र धकेल्ने बिगतका जस्ता बिदेशी बकाउका धोकेबाज आन्दोलनहरु नहोओउन् । नेपाल अस्थिरतामा रुपलिदा जनताले दुखः देशले नोक्सान ब्यहोर्नु परेको बिगतको अनुभववाट अव देशले खोजेको बिकास जनताले खोजेका रोजगार यतापर्टी बढी ध्यान पुग्नुपर्छ । सधै आन्दोलन गरेर बरालिएर युवापुस्तालाई बिदेश पठाएर नेपालको बिकास हुृदैन । यतापर्टी पनि आन्दोलन कारीहरुले सोचुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend