logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पत्रपत्रिकाको लागि बिशेष सूचना


  • जन आकाश
  • शुक्रबार, पुष १७ २०७७

काठमाण्डौं । प्रेस काउन्सिल नेपालले आज एक प्रेस बिज्ञप्ति जारी गरेर प्रकाशन भईरहेका पत्रपत्रिकाको हकमा गएको बर्षदेखि काउन्सिलमा अनिवार्य रुपमा पिडिएफ बुझाउने नियम लागु भएको र प्रकाशित पत्रपत्रिकाले पनि एक हप्ताभित्र पिडिएफ बुझाउने प्रतिबद्धता जाहेर गरेको हुदा यस बर्षवाट ईलाईवेरीमा उल्लेख नभएका पत्रपत्रिकाले बर्गीकरणमा भाग लिन नपाउने ब्यवस्था भएको भनि उल्लेख गरेको छ ।त्यो हुदा हुदै पनि ७ दिन समय दिईएको प्रेस काउन्सिलले जानकारी दिएको छ ।



त्यसकारण पत्रपत्रिका प्रकाशन गरिरहेका प्रकाशकहरुले सच्याउने र ७ दिनभित्र ई लाईबेरीमा पठाउन नभ्याएका पिडिएफ पठाउने समयमा पठाई आफ्नो बर्गीकरण सुरक्षित गर्नुपर्ने देखिन्छ । सञ्चार क्षेत्रमा आएको नयाँ प्रबिधिलाई आत्मसाथ गर्नु र पछ्याउनु आजको आवश्यकता पनि हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend