logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल समूहलाई रत्नपार्कमा औषधि बेच्नेको जस्तै संज्ञा दिए प्रधानमन्त्रीले


  • जन आकाश
  • शनिबार, पुष १८ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाबाट फुटेर गएको नेपाल समूहको हालत रत्नपार्कमा औषधि बेच्नेको जस्तै हुने संज्ञा दिएका छन् ।



प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै भने, ‘गन्तव्यमा पुग्न त राजनीतिक एजेन्डा हुनुपर्‍यो नि । उहाँहरूको एजेन्डा देश होइन, जनता होइन, संविधानको रक्षा होइन । जसरी रत्नपार्कमा औषधि बेच्नेले मानिस जम्मा गरेको हुन्छ, अब उहाँहरूको हालत पनि त्यस्तै हो ।’

प्रधानमन्त्री ओलीले नेपाल समुहलाई निर्वाचन आयोगमा बुझाएको सूर्य चिह्न र आधिकारिक पार्टीको दाबीपत्रलाई हेरेर निर्वाचन आयुक्त पनि धेरै दिन हाँसेको बताए ।

उनले सरकारलाई काम गर्न नदिएकोले संसद् विघटन गरेको दोहोर्‍याएका थिए । ‘संसद्मा काम गर्न दिइएन, सरकारले जे काम गरेका थियो प्रचारित हुन पाएन । धरहरा बन्यो, रानीपोखरी बन्यो । राम्रो काम भयो भन्न पनि नसक्ने’ उनले भने, ‘यसबीचमा दुनियाँ आश्चर्यचकित हुने गरी प्रगति भएको कुरा थाहा थिएन, अहिले सबैले सुनेका छन् । प्रधानमन्त्रीको चर्चा पनि हुँदैनथ्यो भारतमा रहेकालाई नेपालको प्रधानमन्त्रीबारे थाहा छ । विश्वभरि नेपालको चर्चा हुन थालेको छ । मोदीले नेपालको समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षाको प्रशंसा गर्नुभयो । पूरा गर्न सहयोग गर्छु भन्नुभयो । प्रचण्ड, नेपाल झलनाथले कहिल्यै प्रशंसागरेको सुन्नुभयो भन्दै प्रतिप्रश्न समेत गर्न प्रधानमन्त्री पछि परेनन् ।

उक्त कार्यक्रममा बोल्दै गृहमन्त्री राम बहादुर थापाले सरकारले संसद कु गरेको नभई समयको आवश्यक्ता भएको बताएका थिए । काठमाडौको प्रज्ञा भवनमा भएको कार्यक्रममा काठमाडौमा उपलब्ध सवै पार्टीका नेता कार्यकर्ता स्थानीय निकायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend