logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कहिले हट्छ नेपाल टेलिकमको बेतिथि ?


  • जन आकाश
  • आइतबार, पुष १९ २०७७

काठमाडौं । नेपाल सरकार अन्र्तगतको एउटै मात्र संस्था हो धेरै नाफा गर्ने मध्यको नेपाल टेलिकम त्यही टेलिकमका कर्मचारीहरुले सतप्रतिशत तलवभत्ता बुझ्ने गर्छन । त्यो सवै नेपाली नागरिकहरुले प्रयोग गर्ने टेलिफोन, मोवाईल, ईन्टरनेट प्रयोग गरेको रकमले तर सेवा सुविधा दिन चै ति कर्मचारीहरु राजाकोे काम कहिले जाला घाम भनेजस्तै गरेर दिन बिताउछन् भने कतिपय त बिहान कार्यलय गएर हाजिर लगाई दिनभरी अन्तै काम गर्न गएको समेत त्यहीका ईमान्दार कर्मचारीहरुले बताउछन् । धेरै जति पार्टीका झण्डा बोक्ने कर्मचारी संगठन खोलेर कम्पनीको नियम र जनताको काम गर्नुप¥यो भनि ब्यवस्थापनले अह्राएमा उल्टै पार्टीको पावर र धमास देखाएर घाम तापेर दिन बिताएको देखिन्छ



। सवै कर्मचारी त्यस्ता छैनन् । तर केही कर्मचारीको लापरवाही र गैर जिम्मेवार पनले नेपालको प्रतिष्ठा बोकेको सरकारको स्वामित्व भएको नाफामा रहेको नेपालीहरुको बिश्वास जित्न सफल नेपाल टेलिकमको पछिल्लो गतिबिधि ग्रहकमैत्री बन्न सकेको छैन । नेपाल टेलिकमवाट बितरित ल्यान लाईन टेलिफोन बिग्रेको खण्डमा कम्प्लेन साखामा फोन गर्दा लामो झण्झटिलो सिस्टम राखिएको छ । त्यो सिस्टममा फोन गरेपनि कहिल्यै फोन बिग्रेको स्थलमा कर्मचारी आउने गरेका छैनन् ।

पोष्टपेट मोवाईलमा नेटवर्क नटिपेर हैरान बनाईरहेको हुन्छ । त्यस्तै प्रीपेड मोवाईलमा पनि नेटवर्कको समस्या उत्पन्न भएको महिनौ बितिसक्यो तर सुधारको काम भएको छैन । नेपाल टेलिकमका हाकिमको कुन कम्पनीले काहा कति कमिशन छुट्याउछ भन्ने ध्याउन्न बाहेक अरु सोचेको देखिदैन सोचेका हुन्थेत यतिका धेरै ग्रहक समस्यामा पर्दा समस्याको सावधान खोज्न लागेका हुन्थे । त्यसकारण नेपाल टेलिकमका जिम्मेवार पदीय हैशियतमा बसेकाहरु नै गैरजिम्मेवार भएको त्यहाका कम्पनीको हित चाहाने कर्मचारीहरुले बताउदै आएका छन् । उनिहरुको भनाई र टेलिकमको क्षमता हुदाहुदै पनि निजी कम्पनी भन्दा गए ग्ज्रेको अवस्था ग्रहकले भोग्नु परेको अवस्थाले बिश्वास गर्ने आधार बनेको छ । यस बिषयमा सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने नेपाल टेलिकमको भबिष्य ईतिहाँसमा मात्र सिमित नहोला भन्न सकिन्न ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend