जन आकाश
रमझम पानी परिरहेको थियो , साउनको महिना आर्यघाट नजिकै एक एम्बुलेन्स राखिएको थियो । एम्बुलेन्सबाट लासलाई झिक्ने तरखरमा थिए , दुई तीन जना महिलाहरु कुनामा बसेर रुदै थिए । कोहि चिता निर्माण गरिरहेका थिए । नजिकै जलिरहेको लासलाई हेर्दै आठ दस जना कुरा गरिरहेका थिए ।अब कति बेर लाग्छ लास जल्न, ढिला भैसक्यो ?
मैले आफै बिचार गरे यो दुनियामा कोहि कसैले पनि आफ्न्त भन्नु बेकार रहेछ। लासलाई चितामा राखेर यस्तो कुरा गर्ने मान्छे कति सम्मको पापी हुँदा रहेछ्न। उनिहरुलाई जीवन भरी साथमा साथ दिने आफन्तको लासलाई नै जल्न कति बेर लाग्छ भन्नुको अर्थ यो सन्सारमा एक्लै आईयो एक्लै जानुछ भनेको हो नि, यस्तै सोचेर म हिडे, अलि पर पुगेपछी नजिकै साधुको भेषमा गम्म परेर बसेको थियो यक अर्ध बैसे पुरुस र उसले भन्दै थियो , रामराम सत्य नाम कस्तो बुझ्नै सकिन उसले भनेको अनैठो वाक्य र म हिडे फेरि अलि पर पुगेपछि गाजा तान्दै थिए केटा र केटि नसामा लट्ठ बनेका उनिहरु आफ्नै सन्सारमा थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend