जन आकाश
नेपालमा हुनुपर्ने काम चै केही पनि हुदैन । नहुन पर्र्ने काम चै भईरहन्छ । त्यस्तै पछिल्लो समय सरकारले बिदेशी रक्सीलाई नेपालमा आयात गर्न बाटो खोलिदिएको छ । यो नेपालको लागि आवश्यक थिएन । त्यस्ता बिलासिता मादक पदार्थ आयात गर्नुको साट्टो नेपालका किसानहरुलाई नेपालमा नै के उत्पादन गर्दा बिश्वमा भएकाभन्दा छुट्टै वाईन उत्पादन गर्न सकिन्छ भनेर सोच्ने हो भने बार्षिक अरबौ रुपैया बिदेश जाने रकम नेपालमा रहन्थ्यो यस्ता कामहरुमा कसैको चासो गएको देखिदैन । डा. युवराज खतिवडा अर्थमनत्री भएकै बेलामा नेपालमा बिदेशी रक्सी अर्थात वाईन आयात खुल्ला गरिएको छ । जसले नेपालमा उत्पादन भईरहेका वाईन उधोगहरुलाई संकटतर्फ धकेल्दै लगेको छ ।
नेपालको सरकार अन्र्तगतको उधोग बाणिज्य तथा आपुर्ति मन्त्रालयको २०७६ ऐनलाई नै आधार मान्ने हो भने पनि सेफगार्डस् एन्टी –डम्पिङग तथा काउण्टर भेलिङ सम्बन्धमा बनेको २०७६ मा त्यस्ता कम्पनीलाई कारवाही गर्ने र क्षतिपुर्ति भराउने ब्यवस्था रहेको छ ।
तर ब्यवहारमा भने यतिवेला बिदेशी वाईनहरु नेपाली बजारमा छ्यापछ्याप्ती भएका छन् बिदेशी वाईनहरु अस्वस्थ प्रतिस्पर्धामा नेपाल भित्रदा नेपाली उधोगीको लगानी संकटमा पर्न थालेको नेपालका वाईन ब्यवसायीहरु मर्कामा परेका देखिन्छ ।
नेपालले आफ्नो बनाउने बिस्तार गर्ने र प्रबिधिमा आएको तरिकालाई अपनाउने र बिश्वमा भईरहेका अभ्यासलाई हेरेरपनि सिक्नुपर्ने हो ।
जुन देशमा गएपनि त्यो देशका सरकारले ब्यवस्थापन गरेको अन्तराष्ट्रिय सभा सम्मेलनमा त्यही देशको उत्पादनलाई प्रथामिकता दिएको देखिन्छ ।
तर नेपालमा जहिलेसुकै अरुले नै उत्पादन गरेको र सरकार मातहतमा रहेका केही ब्याक्तिलाई केही प्रलोभनमा पारेर सिंगो देशको अर्थतन्त्र, रोजगार, देशको प्रतिष्ठासम्मलाई अप्ठ्यारो पार्ने गरी काम गर्ने चलनले नेपालका उधोग ब्यापार लगानीमैत्री बन्न सकेका छैनन् ।
त्यस्तै उदारण यो पछिल्लो समय नेपालमा बिदेशी वाईनलाई आयात गर्न छुट दिनुपनि एउटा नेपालका उधोग डुबाउने खेलको रुपमा बुभ्न सकिन्छ ।
नेपालमा नै उत्कृष्ट वाईन उत्पादन गर्नसक्ने उधोगहरु स्थापना भईसकेको अवस्थामा आफ्नै उत्पादनलाई प्रथामिकता दिनुको साट्टो बिदेशी वाईनलाई भित्रयाएर नेपालका मदिराजन्य उधोगलाई धारासायी बनाउनु नेपाली उधोगीहरुको लागि हितकार छैन ।
त्यस्तै नेपालमा नै उत्पादन भईरहेका उत्कृष्ट वाईन उधोगहरुले नेपालमा थुप्रै नेपालीहरुलाई रोजगार दिईरहेका छन् । जसले नेपालको हरेक आर्थिक क्षेत्रसँग महत्व राख्छ । वाईन उत्पादन गर्न चाहिने कृषिजन्य सामग्री उत्पादन गर्नुपर्दा किसानलाई समेत राहात हुन्छ ।
तर नेपालको जिम्मेवार निकाय केही राजश्व आउने आशामा बिदेशी वाईनलाई खुल्ला गरिरहेको छ । यसो गर्नु नेपालको हितमा देखिदैन ।
र नेपालका वाईन उधोगीहरुले पनि नेपालमा बिदेशी वाईनले पारेको असरको बारेमा सरकारलाई वा त्यस्ता वाईन नेपालमा ल्याएर बेच्ने टे«डर्सहरुलाई क्षतिपुर्ति माग गर्नुपर्छ ताकी नेपालमा स्वदेशी उधोगी ब्यापारीहरुको लगानी सुरक्षित हुन्छ भन्ने सन्देश संसारमा पुग्न सकोस र त्यस्ता बहुराष्ट्रिय कम्पनीहरुले नेपालको बजार राम्रो र नेपाली प्रति माया र प्रेम हो भने नेपालमा नोपालको कानुन अनुसार अनुमति लिएर उधोग खोली ब्यापार गर्न सक्छन् । यस्ता योजनाहरु बनाउन सके पो नेपालका नेताहरुले गरेका भाषण जस्तो स्वाभिमानको कुराले नेपालीको छाती चौडा हुन्थ्यो कुरामा नेपालका अल्छी नेताहरुले चौबिस घण्टा गफ चुट्न सक्छन् केही काम गदैनन् अनि आर्थिक अभावमा परेर बसेकाहरुले ठाउँपाउदा र अवसर पाउदा गर्ने यस्तै गलत निर्णयहरुले समग्र नेपालको बिरुद्धमा काम भईदिन्छ । त्यसको असर निक्कै धेरै समयसम्म पदै नेपाल हरेक क्षेत्रमा परनिर्भर बन्दै गईरहेको छ ।
यस्ता कार्यहरु रोकिनुपर्छ नेपालमा पनि उधोगहरु छन् । तिनलाई सञ्चालन गर्न बातावरण बनाउनुपर्छ । नयाँ उधोगहरु खोल्न प्रोत्साहन गर्नुपर्छ ताकी उधोगहरु खोलिदा हजारौ हजार मानिसहरुले रोजगार पाउछन् । र नेपालका नेपाली लाईन बसेर रिन खोजेर बिदेश जाने चलनको अन्त्य हुन्छ । यो वाईन क्षेत्रको मात्र कुरा होईन हरेक क्षेत्रमा आफ्नो उत्पादन बढाउन सम्वन्धित निकायले ध्यान दिनु पर्दछ ।
नेपालमा खुल्ला गरिएको बिदेशी वाईन र सुर्तिजन्य पदार्थ तुरुन्त रोकिनुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend