जन आकाश
काठमाडौं । देशको पूर्वाधार निर्माणमा अग्रणी तथा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको शर्मा एण्ड कम्पनी प्रालिले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान तथा खाद्यान्न वितरण कार्यक्रम आयोजना गरेको छ ।
बुधवार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले सामाजिक क्षेत्रका अन्य कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिएको छ । वि.सं २०२२ सालमा कम्पनीका अध्यक्ष राधाकृष्ण शर्माबाट स्थापना आएको शर्मा एण्ड कम्पनीले देशका महत्वपूर्ण निर्माण आयोजनाहरु समयमा नै सम्पन्न गरी हस्तान्तरण गरेको कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताएका थिए ।
विकासको प्रचुर सम्भावना बोकेको हाम्रो जस्तो देशमा समयमा नै निर्माण कार्य सक्ने गरी अव आउने अत्याधुनिक प्रविधिलाई प्रयोग गरेर विकास निर्माणका कार्यलाई थप गुणस्तरीय तथा व्यवस्थित गर्न लागिएको प्रबन्धक शर्माले जानकारी दिदै कम्पनीको मातहत हाल ५ सय ९ बेडको वीर अस्पतालको भवन, मेडिसिटी अस्पताल, महान्यायाधिवक्ताको कार्यालय, सिटी सेन्टर, सेन्टर पार्क, मेलम्ची खानेपानी आयोजनको १ सय ५० मिटर पाइप विच्छयाउने काम, सुन्दरीजलमा वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण लगायतका महत्वपूर्ण परियोजनाहरु संचालन भइरहेका छन् । कम्पनीले ५० लाखको अक्षय कोष स्थापना गरी सामाजिक कार्य पनि गरिरहेको शर्माले जानकारी दिए । ५५ औं वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा करीब १ सय २५ जनाले रक्तदान गरेका थिए भने ७५ जना अशक्त तथा असाहयहरुलाई खाद्यन्न वितरण गरिएको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend